५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेसमा मतदान जारी– तस्बिरहरु



अ+ अ-

जनकपूरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा मतदान जारी रहेको छ ।

बिहान ९ बजेबाट मतदान शुरु भएको हो । महेन्द्र नारायण निधी संस्कृति केन्द्र जनकपुरधाममा हुने निर्वाचनमा प्रदेश सभा सदस्य र पालिका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि छुट्टाछुट्टै दुई मतदान केन्द्र कायम छन् । मधेसमा दुई सदस्यका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् ।

गठबन्धनमा अन्य समूहतर्फ नेपाली काँग्रेसका आनन्दप्रसाद ढुङ्गाना, जनता समाजवादी पार्टी, नेपालबाट पूजा चौधरी हुनुहुन्छ । त्यस्तै नेकपा (एमाले) बाट अन्यमा कुमारी विजेता झा (धनुषा) हुनुहुन्छ । त्यस्तै जनमत पार्टीका रामशङ्कर महासेठ (धनुषा) ले पनि उम्मेदवारी दिनुभएको छ । महिलातर्फ एमालेबाट उषादेवी थरुनी (पर्सा) र गठबन्धनमा जनता समाजवादी पार्टी, नेपालबाट पूजा चौधरी (रौतहट) को उम्मेदवारी परेको छ ।

प्रदेश सभा सदस्यको मतभार ५३ का आधारमा यहाँ पाँच हजार छ सय ७१ र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षको मतभार १९ का आधारमा पाँच हजार ७३ गरी कुल मतभार १० हजार सात सय ४४ रहेको छ ।