९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य

वर्षमानले पाएको त्यो सूचनाः एमाले राप्रपा बोकेर कृष्ण सिटौला हराउने चलखेलमा छ

वर्षमानले पाएको त्यो सूचनाः एमाले राप्रपा बोकेर कृष्ण सिटौला हराउने चलखेलमा छ
अ अ+ अ-

विराटनगर । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले निरंकुश राजतन्त्रको एजेण्डा बोकेर हिंडेको राप्रपासँग साँठगाँठ नगर्न एमाले नेतृत्वलाई आग्रह गरेका छन् ।

कोशी प्रदेशमा सत्ता गठबन्धनले खडा गरेका राष्ट्रियसभा निर्वाचनका उम्मेदवार र मतदाताबीच सोमबार विराटनगरमा आयोजित अन्तरक्रियामा परिवर्तनविरोधी शक्तिसँगको सहकार्यले एमाले नेतृत्वमाथि शंकाको वातावरण निर्माण भएको बताए ।

राप्रपा जनतालाई आफ्नै घरको आँगनमा समेत उभिन नदिने निरंकुशतन्त्रको प्रतिनिधि दल भएको पुनको टिप्पणी थियो ।

‘जनतालाई आफ्नै घर आँगनमा पनि निस्कन नदिने र लोकतन्त्र पक्षधभर शीर्ष नेतालाई थुनामा राख्ने शासक जसलाई लाखौंलाख जनता सडकमा आएर निसस्त्र सशस्त्र आन्दोलनको बलमा निकालिएको थियो’, पुनले भने, ‘त्यस्ता शासकको पक्षमा बोल्ने शक्तिलाई बाक्नुुपर्ने बाध्यता एमाले नेतृत्वलाई कसरी आइलाग्यो ?’ उनले एमाले नेतृत्वले निरंकुशतन्त्रका हिमायतीलाई बोकेर हिंड्नु लोकतन्त्रप्रतिको उपहास भएको आरोप उनले लगाए ।

कोशी प्रदेशमा एमालेले राष्ट्रिय सभा निर्वाचनमा राप्रपा उम्मेदवारलाई समर्थन गर्न लागेको सूचना आफूले पाएको पुनले बताए । उनले ०७४ को निर्वाचनमा माओवादी र एमालेले तालमेल गरेको समयमा समेत आफूहरुलाई थाहै नदिई एमाले अध्यक्ष केपी ओलीले झापा–४ बाट राप्रपाका राजेन्द्र लिङदेनलाई जिताएर काँग्रेस नेता कृष्णप्रसाद सिटौला हराएको स्मरण गरे ।

संविधान निर्माण र शान्ति प्रक्रियामा खेलेको भूमिकाका लागि सिटौलालाई सर्वपक्षीय समर्थन हुनुपर्नेमा उनलाई हराउने चलखेलअन्तर्गत एमालेले राप्रपा बोकेको आरोप पुनले लगाए ।

‘कृष्ण सिटौला शान्ति प्रक्रिया, संविधान निर्माणका साथै नेपाली राजनीतिको एउटा कालखण्डामा निकै ठूलो योगदान गरेको नेता हुनुहुन्छ । उहाँजत्तिको नेताले उम्मेदवारी दिएपछि इतिहासमा खेलेको योगदानको सम्मान गर्दै सबैले सर्वसम्मत बनाउनुपर्ने हो, उम्मेदवार नै खडा गर्न नहुने हो’, पुनले भने, ‘ प्रदेश र प्रतिनिधिसभाको मुख्य प्रतिनिधित्व गर्ने भएकाले राष्ट्रियसभामा परिपक्व र सन्तुलित नेतृत्व चाहिन्छ । सिटौलाजीलाई त सर्वसम्मत बनाउनुपर्ने हो । उहाँ कसैसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्ने व्यक्ति होइन ।’

संविधानको रक्षा गर्नुपर्ने अप्ठ्यारो अवस्थामा बनेको वर्तमान गठबन्धनको निरन्तरता, संविधानको कार्यान्वयन तथा आवश्यक परिमार्जनका लागि पनि सिटौला राष्ट्रियसभामा आउनैपर्ने उनको भनाइ थियो ।