२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलमा आँधीका कारण ११ जनाको मृत्यु



अ+ अ-

साओ पाउलो । ब्राजिलको दक्षिणपूर्वी शहर रियो दि जेनेरियोमा हालै आएको आँधी बेहरीपछि आएको बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान आएको आँधीले शहरको उत्तरी क्षेत्रका साथै छिमेकी नगरपालिकाहरू नितरोय, डुक डे काक्सियास, बेलफोर्ड रोक्सो र साओ जोस डे मेरिटीलाई प्रभावित गरेको स्थानीय अधिकारीले जनाएका छन् ।

बाढीका कारण सयौं मानिसले आफ्नो घर खाली गर्नुपरेको दमकल विभागले जनाएको छ । उनीहरूलाई प्रभावित क्षेत्रबाट सुरक्षित क्षेत्रमा स्थापना गरिएका शिविरहरूमा राखिएको छ । शिविरहरूको व्यवस्थापनको लागि सुरक्षाकर्मीलगायतका विपद् व्यवस्थापन निकायका अधिकारीलाई खटाइएको छ ।

शहरका मेयर एडुआर्डो पेसले आपतकालिन स्रोत साधन र बाढीबाट प्रभावित मानिसहरूको हेरचाहका लागि सङ्कटकालीन अवस्थाको घोषणा गर्नुभएको छ ।