२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानमा दुई बिस्फोटमा परी ९५ जनाको ज्यान गयो, बिहीवार राष्ट्रिय शोक



अ+ अ-

एजेन्सी । इरानका मारिएका जनरल कासिम सुलेमानीको अन्त्येष्टि स्थल नजिकै बुधवार भएका दुई विष्फोटमा कम्तिमा ९५ जनाको मृत्यु हुनुका साथै २१० भन्दा बढी घाइते भएको इरानले बताएको छ ।

अमेरिकी ड्रोन हमलामा सुलेमानीको मृत्यु भएको चौथो वर्षगाँठ मनाउन इरानको दक्षिणपूर्वी शहर केरमानमा रहेको चिहानमा धेरै मानिसहरू भेला भएका बेला बिस्फोट भएको हो ।

पहिलो बिस्फोट सुलेमानीको चिहानबाट करिव ७०० मिटर र दोस्रो एक किलोमिटर टाढा थियो । राजनीतिक र सुरक्षा मामिलाका लागि केरमान प्रान्तका डेपुटी गभर्नर रहमान जलालीले बिस्फोटहरू आतंकवादीहरूद्वारा गराइएको बताएको छ । यसैबीच इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कले विस्फोटको कारण अझै अनुसन्धान भइरहेको र उद्धार टोली घटनास्थलमा रहेको बताएको छ ।

इरान सरकारले बिहीवार राष्ट्रिय शोकको दिन घोषणा गरेको छ । इरानका सबैभन्दा शक्तिशाली सैन्य कमाण्डरमध्येका एक सुलेमानी, जनवरी ३, २०२० मा बगदादको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै तत्कालीन अमेरिकी सेनाको आदेशमा ड्रोन हमलामा मारिएका थिए । उनको गृहनगर केरमानमा अन्त्येष्टि पछि दफन गरिएको थियो । इरानले उक्त हत्यालाई राज्य आतंकवाद भन्दै निन्दा गरेको छ र बदला लिने घोषणा गरेको छ ।

पछिल्लो घटनापछि इरानका सर्वोच्च नेता अली खामेनीले आक्रमणकारीहरूले कठोर प्रतिवाद सामना गर्ने बताउनुभएको छ । इरानी राष्ट्रपति इब्राहिम रायसीले कायरतापूर्ण कार्यका दोषी र नेताहरूलाई छिट्टै पहिचान गरी सजाय दिने घोषणा गर्नुभएको छ ।