२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिनाले मेसीको १० नम्बरको जर्सी हटाउने



अ+ अ-

एजेन्सी । लियोनल मेसीले सन्यास लिएपछि उनको १० नम्बरको जर्सी पनि अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीले रिटायर गर्ने भएको छ । मेसीलाई सम्मान गर्दै अर्जेन्टिना फुटबल संघले यस्तो निर्णय गरेको हो । मेसीले अहिलेसम्म अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छैनन् ।

मेसीको कप्तानीमा अर्जेन्टिनाले गत वर्ष कतारमा भएको विश्वकप फुटबलको उपाधि जितेको थियो । टोली ३६ वर्षपछि विश्व च्याम्पियन बनेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।

स्पेनिस अखबार मार्काले अर्जेन्टिना फुटबल संघ (एएफए)का अध्यक्ष क्लाउडियो तापियालाई उद्धृत गर्दै मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदा अरू कसैलाई पनि १० नम्बरको जर्सी लगाउन नपाउने बताएको छ । ‘मेसीको सम्मानमा १० नम्बरको जर्सी हटाइनेछ । हामी उनको लागि यति त गर्न सक्छौं ।’ समाचारमा भनिएको छ ।

मेसीअघि डिएगो म्याराडोनाले पनि अर्जेन्टिनाबाट खेल्दा १० नम्बरको जर्सी लगाएका थिए । अर्जेन्टिनाले सन् २००२ मा म्याराडोनाको सम्मानमा यो जर्सी रिटायर गर्ने प्रयास गरेको थियो तर अन्तर्राष्ट्रिय फुटबल महासंघको कडा नियमका कारण यो हुन सकेन ।

फिफा नियम अनुसार, टोलीले नम्बर १ देखि २३ सम्म प्रयोग गर्नुपर्छ । यस्तो अवस्थामा भविष्यमा कसैले यो नम्बरको जर्सी लिन बाध्य हुन सक्छ ।

सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । तर उनलाई फिर्ता बोलाइएपछि उनी मैदानमा फर्किएका थिए । सन् २०१४ को विश्वकपको फाइनलमा जर्मनीसँगको हार र कोपा अमेरिकामा चिलीसँगको हारपछि मेसीले थप खेल्न नपाउनेमा शंका थियो ।

मेसीले अर्जेन्टिनाका लागि १८० खेलमा १०६ गोल गरेका छन् । उनले टोलीलाई २०२१ कोपा अमेरिका र २०२२ को विश्वकप जिताउन सफल भएका छन् । मेसीले सन् २०२६ को फिफा विश्वकप खेल्ने वा नखेल्ने भन्ने कुरा अहिलेसम्म स्पष्ट भइसकेको छैन तर त्यसअघि उनी अर्जेन्टिनालाई २०२४ मा हुने कोपा अमेरिका कप दोस्रो पटक जित्न चाहन्छन् ।

केही साताअघि सन् २०२२ को विश्वकपमा मेसीले लगाएका ६ जर्सी लिलामीमा ७.८ मिलियन डलरमा बिक्री भएको थियो । मेसी विश्वकपको एउटै सिजनमा खेलिएका सबै खेलमा गोल गर्ने एकमात्र फुटबलर हुन् । उनले फाइनलमा फ्रान्सविरुद्ध पनि गोल गरेका थिए ।