२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकुमारी घटनामा प्रधानमन्त्रीले देखेको खतरा !



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटना सामान्य नभएर असामान्य भएको बताएका छन् । उनले सो घटना बाहिर देखिएजस्तो नभएको र चिज गम्भीर र असामान्य भएको आशंका गरेका छन् ।

उनले सोमबार राजधानीमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा भने, चिज बेग्लै छ, यो घटना बाहिर देखिएजस्तो सामान्य छैन । भवितव्य मात्र पनि होइन । उनले सो कार्यक्रममा भनेका थिए ‘केही चिज गम्भीर लागेको छ । यो सामान्य छैन । दुई युवाको जस्तो परिवेशमा जसरी हत्या गरिएको छ र ईपीएसमा जे जस्ता गतिविधि भएका छन् ती सामान्य मात्र छैनन् । गाडी जलाउने गतिविधिमा मात्र चिज सीमित छैन ।

प्रधानमन्त्री दाहालले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने आशंका व्यक्त गर्दै भने, ‘त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु । यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुन सक्छ तर यसबारे कुनै प्रमाण भेटाइ सकिएको अवस्था भने छैन । त्यसैले यसको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग बनाइएको पनि उनले खुलासा गरे ।

के प्रधानमन्त्रीले आशंका गरेजस्तै हो त बालकुमारी घटना ? हिजोको संसदको राज्य व्यवस्था समितिको बैठकमा आएका कतिपय विरोधाभासपूर्ण भनाई र सूचनाबाट पनि यो घटना सामान्य रुपमा मन्त्रीको गाडी जलाएपछि उत्पन्न भएको हो भन्न सकिँदैन । किनभने आन्दोलन गरिरहेको भिडभाडमा मन्त्री जानु र मन्त्रीका सुरक्षा गार्डले यसबारेमा कुनै रिपोर्टिङ प्रहरी सेलमा नगर्नु पनि शंकास्पद देखिन्छ ।

हिजोको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री किन आन्दोलनमा गएको ? सुरक्षाकर्मीले किन सूचना नदिएको जस्ता कैयौँ प्रश्न गरे । उनले मन्त्री गएकाले नै त्यो दुर्घटना भएको ठोकुवा पनि गरे । उनकै सूचनासँग मिल्दोजुल्दो सूचना दिए प्रहरी महानिरीक्षक वशन्त कुँवरले पनि । अझ उनले त गोली कतिबेला चल्यो भन्ने कुरा अनुसन्धान हुनै बाँकी रहेको बताए ।

संसदीय समितिमा महानिरीक्षक कुँवरले मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गर्नु अगावै पनि गोली चलेको हुनसक्ने खुलासा समेत गरे । मन्त्रीको गाडी जलाउने तयारी भयो, मन्त्री घेराबन्दीमा छन् भनेपछि गोली चलाउन प्रहरी बाध्य भएको उनको भनाई थियो । तर अहिले बजारमा आएको सूचना चाहिँ गाडी जलाएपछि पनि हुलहुज्जत बढेकाले गोली चलाउनुपरेको भन्ने छ ।

हिजो नै मन्त्री ज्वालाले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा फेरि अर्कै सूचना दिएका छन् । आफूमाथि गृहमन्त्री र महानिरीक्षक खनिएको भन्दै उनले जहाँ गाडी जलाइएको छ त्यहाँ गोली नचलेको र जहाँ गोली हानेर मान्छे ढालिएको छ त्यहाँ पछि आन्दोलन पनि नभएको भनेका छन् । उनको यो भनाईबाट पनि उक्त घटनाका प्रति थप शंका पैदा गर्ने आधारहरु भेटिन्छन् । जेहोस, प्रधानमन्त्री दाहालले यो घटनामा प्रजातन्त्र मास्ने षड्यन्त्र देखेका छन् । उनको आशंका छ बाहिर देखिने जति मात्र यो होइन, भित्र अर्कै षड्यन्त्र छ ।