२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशको नाम उल्लेख नगरी मुख्यमन्त्रीले शुभकामना दिए- पछि सच्चाए



अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको नाम उल्लेख भएको लेटरहेडमार्फत तमु ल्होसारको शुभकामना दिनुभएको छ ।

यसअघि दिनुभएको शुभकामना सन्देशसहितको लेटरहेडमा कोशी प्रदेश नाम उल्लेख थिएन । उहाँले पछिल्लो शुभकामना सन्देशमा प्रदेशको नाम राखेर सच्याउनुभएको छ । प्रदेशको नाम कोशीलाई लिएर अहिले पनि त्यहाँ विवाद जारी छ ।

पहिचानवादीहरुले प्रदेशको नाम कोशी राखिएकामा विरोध गरिरहेका छन् । उनीहरुले पहिचानका आधारमा प्रदेशको नाम राखिनुपर्ने माग गर्दै आएका छन् पहिचानवादीहरुको विरोध र दबाबकै कारणले यसअघिको लेटरहेडमा मुख्यमन्त्री कार्कीले प्रदेशको नाम उल्लेख नगरेको अनुमान गरिएको थियो ।