१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

आरजुको सुझाव– पार्टीभित्रका असहमतिहरु पार्टीभित्रै मिलाउँ र मिलेर जाउँ

आरजुको सुझाव– पार्टीभित्रका असहमतिहरु पार्टीभित्रै मिलाउँ र मिलेर जाउँ
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टीमा कुनै पनि असहमित भएमा पार्टीभत्रि मिलाएर जानुपर्ने बताएकि छिन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको जारी बैठकमा आफ्नो धारणा राख्दै उनले भनिन् ‘यदि हाम्रो पार्टीभित्र कुनै प्रकारको बेमेल या असहमति आदि छन् भने तिनलाई बसेर पार्टीभित्रै मिलाउनुपर्छ । जहिले पनि पार्टीभित्र झगडा रहेको जस्तो गरेर बाहिर सार्वजनिक गर्नुहुदैन । बाहिरबाट हेर्दा कांग्रेस कार्यकर्ताले पार्टीमा सहमति र एकता देखे भने मात्र उनीहरुको मनोबल बढ्छ र हाम्रो पार्टी बलियो हुन्छ ।’

पार्टीका सिनियर नेताहरु भनेका पार्टीका सम्पत्ति र महत्वपूर्ण व्यक्तिहरु भएकाले उहाँहरु एकै ठाउँमा बस्ने र पार्टीभित्रका र आफ्ना जति पनि विषयमा असहमति छन् तिनलाई समाधान गरी सहमतिबाट नै अघि बढ्नुपर्ने उनको सुझाव थियो ।

उनले पछिल्लो समयमा पार्टीले छिटो छिटो केन्द्रीय समितिको बैठक बोलाएर आवश्यक छलफल र परामर्श गर्ने गरेकामा खुसी पनि व्यक्त गरिन् । यस्तै अवसरहरुमा आफ्ना असहमतिहरुको छलफल गरी निकास निकाल्न र पार्टीका भित्रि कुराहरु सार्वजनिक गरेर कांग्रेसलाई कमजोर नबनाउन उनको आग्रह थियो ।

समाजमा निराशा किन देखिएकोछ भन्ने कुरा पार्टीका नेताहरुले नै मनन् गर्नुपर्ने भन्दै कांग्रेस नेत्री डा राणाले राजनीतिक दलकै नेताहरुले नै सबैतिर खतम छ, कतै राम्रो छैन र केही भएन भन्नेजस्ता खालका निराशाका कुरा गरेकाले नै समाजमा यस्तो अवस्था आएको उहाँको भनाई थियो ।

डा राणाले समाजमा सकारात्मकता र राम्रो कुराको स्थापनाका लागि हामी आफैँ सकारात्मक हुनुपर्ने र भाषण या हाम्रा कार्यक्रमहरुमा हामीले बोल्ने कुरामा त्यस्तै सन्देश दिनुपर्ने उहाँले बताउनुभयो ।

डा राणाले देशमा युवा शक्ति विदेशिँदै गएकामा चिन्ता व्यक्त गर्दै देशका युवालाई स्वदेशमै रोक्न उनीहरुलाई रोजगारीका कार्यक्रमहरु ल्याउन पनि सुझाव दिनुभयो ।
संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति समेत रहेकी डा राणाले नेपालमा कृषिको सम्भावना र भविष्य रहेकाले कृषिका कार्यक्रमहरुमार्फत् युवामा रोजगारीका सम्भावना सिर्जना गर्नुपर्ने बताइन् ।

उनले नेपालका कृषि उत्पादनलाई विदेशी बजारबाट आउने कमसल खालका उत्पादनले विस्थापित गर्ने गरेकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने पनि सुझाव दिइन् ।

उनले भनिन् ‘भारतीय बजारबाट यस्तै प्रकारका कृषि उपजहरु आउने गरेका छन्, ती उपजहरु वास्तवमा कमसल खालका र गुणस्तरहिन रहेका भए पनि बोर्डरमा रहेका प्रहरीले थाहा नपाउने गरेकाले नेपाली बजारमा प्रवेश गर्ने गरेको छ । यसलाई रोक्नुपर्छ र कृषिमा आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकारले प्रभावकारी आयोजनाहरु ल्याउन सक्नुपर्छ ।