९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

लेखनाथ महोत्सवमा दर्शकको मन लोभ्याउँदै कवि शिरोमणिको जन्मघर

लेखनाथ महोत्सवमा दर्शकको मन लोभ्याउँदै कवि शिरोमणिको जन्मघर
अ अ+ अ-

गण्डकी । डाँडाकोनाकस्थित लेखनाथ महोत्सवस्थलको मुख्य मञ्च दक्षिणतर्फ छेउमा सानो खरले छाएको झुपडी । रातो माटाले पोतिएको जस्तै झुपडीमा खोटो लगाएर कालो चिटिक्क सजिएको ढोका, नजिकै आँखी झ्याल । पिँढीमा बसेर सेतै फुलेका कवि शिरोमणि लेखनाथ पौड्याल हातमा पुस्तक लिएर केही पढ्न लागेजस्तो देखिन्छ । तल आगन्तुकका लागि परालको गुन्द्री पनि राखिएको छ । गुन्द्रीमा बसेर फोटो खिचाउनेको दिनैभरि भीड लागिरहेको छ ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराका साथ लेखनाथको डाँडाको नाकमा सञ्चालित १९औँ संस्करणको लेखनाथ महोत्सवमा कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर यतिखेर सबैको आकर्षण बनेको छ । महोत्सवस्थलमा पुग्ने जोकोहीले उक्त स्थानमा पुुग्दै टक्क अडिएर हेर्छन् श्रद्धाले निहुरिन्छन् र फोटो खिचेर फर्कन्छन् । महोत्सवका व्यापारिक कक्षमा किनमेलका लागि लाग्ने गरेको भीडभाड जस्तै यहाँ पनि उत्तिकै देखिएको छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घ कवि शिरोमणि लेखनाथ पौड्यालको नामसँग जोडिएको संस्था भएका कारण उद्योग वाणिज्य सङ्घले पौड्यालको जन्मघरको झल्को दिनेगरी यो संरचना निर्माण गरेको हो । सङ्घले साहित्य, कला र संस्कृतिको जगेर्नालाई महोत्सवकै उद्देश्यमा समेटेको छ ।

यसअघि १९औँ महोत्सवमा बेगनासताललाई जीवन्त प्रस्तुत गर्नेगरी गरिएको डेमो प्रदर्शनीकै जगमा यस वर्ष लेखनाथको जन्मघर निर्माण गरिएको हो । व्यवसायी विश्वगोपाल श्रेष्ठको अवधारणामा बेगनासताल पछि कवि शिरोमणिको जन्मघर तयार गरिएको हो । कवि शिरोमणिको योगदानलाई जीवन्त राख्ने गरी महोत्सवस्थलमा उहाँको जन्मघर हेर्ने व्यवस्था मिलाइएको सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले बताउनुुभयो ।

सामाजिक चेतनाका साथै नेपालीबीचको सदभाव र एकतालाई मजबुद बनाउन प्रेरणा दिने असङ्ख्य कविताका रचयिता कवि शिरोमणि लेखनाथ पौड्यालको अर्घौंअर्चलेमा जन्म भएका कारण उहाँकै नामबाट यस क्षेत्रको नाम लेखनाथ रहन गएको हो ।

उहाँकै नाममा सुरुमा लेखनाथ नगरपालिका नामकरण गरिए पनि बृहत् पोखराको अवधारणामा यस क्षेत्रलाई पोखरा लेखनाथ महानगरपालिकाका रुपमा समेटिएको थियो । हाल पोखरा लेखनाथ नामबाट लेखनाथ झिकेर पोखरा महानगरपालिका मात्रै बनाइएको छ । पछिल्लो समयमा कवि शिरोमणिको जन्मस्थलको विकासका लागि कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका साथै विभिन्न साहित्यिक सङ्घसंस्थाले सक्रियता देखाएका छन् ।

प्रत्येक वर्षको पुस १५ गतेलाई कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्ती मनाउने गरिएकामा यस वर्ष एक सय ४०औँ जन्मजयन्ती मनाउन लागिएको कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले बताउनुुभयो ।

जन्मजयन्तीलाई त्रिदिवसीयरुपमा मनाउने क्रममा पहिलो दिन शुक्रबार सरसफाइ, आज स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता र आइतबार विशेष समारोह गर्न लागिएको उहाँले जानकारी दिनुुभयो ।

कवि शिरोमणिको जन्मस्थल अर्घौंंअर्चलेलाई साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समिति गठन भएसँगै सो समितिको पहलमा कवि शिरोमणिको जन्मघरको संरक्षणका साथै सङ्ग्रहालय, तरुण तपसी पार्क निर्माणलगायतका कामलाई प्राथमिकताका साथ अघि बढाइएको उहाँले जानकारी दिनुुभयो । “कवि शिरोमणिको जन्मस्थल अर्घौंअर्चलेको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाका साथ काम अघि बढाइएको छ”, उहाँले भन्नुुभयो ।

जन्मस्थलको संरक्षणका साथै कवि कवियत्रीका साथै जो कोही साहित्यानुरागीलाई एकपटक पुग्नैपर्ने साहित्यिक पर्यटकीय गन्तव्यका ठाउँका रुपमा यस ठाउँलाई विकास गर्ने लक्ष्य राखिएको उहाँले बताउनुुभयो । समितिको पहलमा कवि शिरोमणिको जन्म घरलाई पुरानै स्वरुपमा नै निर्माण गरिएको छ भने त्यहाँ उहाँको बाल्यकालदेखि मृत्युसम्म प्रयोग भएका सामग्री र त्यस समयका रहनसहन र रीतिरिवाज झल्कने चलनचल्तीका सामग्री राखी सङ्ग्रहालय निर्माण गरिसकिएको छ ।

कवि शिरोमणिको जन्मस्थलमा गएर कविता रच्ने वा अन्य साहित्य सिर्जना गर्नेका लागि जन्मघर वरपर प्रतीक्षालयलगायतका संरचना तथा पार्क निर्माणकार्य गरिएको उहाँले जानकारी दिनुुभयो । पृथ्वीराजमार्गको अर्घौं चोकस्थित कविशिरोमणिको शालिकदेखि जन्मस्थल अर्घौं अर्चलेसम्म ठाउँठाउँमा उहाँले रचना गरेका उत्कृष्ट कविताका श्लोक मार्बलमा कुँदेर राखिएका कारण अर्घौं चोकबाट छिरेपछि उहाँका कविता वाचन गर्दै जन्मघर पुग्ने व्यवस्था समितिले मिलाएको छ ।

लेखनाथ चोकदेखि कविको जन्मस्थलसम्मका स्यानी चौर, ठूली पोखरी, तरुणतपसी पार्क, बतासे, बूढाचौर, गैरापोखरीलगायतका मुख्य चोकमा उहाँका मर्मस्पर्शी कविता पढ्न सकिन्छ । अर्घौं चोकदेखि कवि शिरोमणिको जन्मघरबीचको बाटोमा पर्ने लगभग पाँच रोपनी क्षेत्रफल समेटेर तरुणतपसी पार्क निर्माण गरिएको जानकारी दिँदै अध्यक्ष लामिछानेले उक्त पार्कमा तरुणतपसी बहुउद्देश्यीय भवन निर्माण गरिएको बताउनुुभयो ।

कवि शिरोमणिलाई पहिलोपटक कविता लेख्न प्रेरणा मिलेको दोपहरे पाखालाई कविकुञ्ज पार्क बनाउने समितिको योजना छ । कवि शिरोमणिको योगदानलाई जीवन्त राख्न लेखनाथ महोत्सवस्थलमा राखिएको लेखनाथको जन्मघर महत्वपूर्ण बनेको लेखनाथ पत्रकार मञ्चका सचिव विष्णुहरि पौडेलले बताउनुुभयो ।

“महोत्सवस्थलमा राखिएको जन्मघरले कवि शिरोमणिको योगदानलाई जीवन्त बनाउने योगदान त गरेको छ नै तत्कालीन समयको आभास पनि गराएको छ”, उहाँले भन्नुुभयो, “कवि शिरोमणि यस क्षेत्रका गौरव भएका कारण उहाँका योगदानलाई भाविपुस्ता माझ लैजानका लागि यस किसिमका गतिविधिहरू निरन्तर सञ्चालन हुनुपर्छ ।” रासस