६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोज राणा बने चलचित्रकर्मीबाट पहिलो मन्त्री



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्रकर्मी तथा नेपाली कांगेसका सांसद रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् ।

आइतबार राणाले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

पहिलोपटक मन्त्री बनेका निर्माता, नायक तथा अभिनेता राणा प्युठानबाट प्रदेश सभा सदस्यमा भएका थिए । राणा कांग्रेस सभापति शेरबहादुर देउवाका निकट मानिन्छन् ।

राणा नेपाल चलचित्र निर्माता सङ्घको पूर्व महासचिव समेत हुन् । करिब दुई दशकदेखि फिल्म क्षेत्रमा आबद्ध उनले ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘महान्’, ‘टक्कर दुई मुटुको’, ‘मन छु नि तिम्रो’ लगायतका फिल्म निर्माण गरेका छन् ।