११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

विकल्पविहीन विपन्न वर्ग गुइँठाबाट गुजारा गर्दै

विकल्पविहीन विपन्न वर्ग गुइँठाबाट गुजारा गर्दै
अ अ+ अ-

खजुरा । ग्रामीण क्षेत्रमा खाना पकाउन अझै पनि परम्परागत चुलो प्रचलनमा छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायम छ ।

खाना पकाउने ग्यास महँगो र काठ तथा दाउरा अभाव भएकाले गुइँठा इन्धनका रूपमा प्रयोग गरिरहेको बाँके डुडुवा गाउँपालिका–१ की लक्ष्मी कोरी बताउनुहुन्छ । “ग्यास किन्ने आर्थिक हैसियत छैन, हाम्रा लागि गुँइठा नै सहज विकल्प हो”, उहाँले भन्नुभयो ।

डुडुवा–१ की निर्मला कोरीको अवस्था पनि उस्तै छ । “आफूसँग भएको जमिनमा रुखबिरुवा छैनन्, नजिकै जङ्गल पनि छैन, हामी त बाढी प्रभावित क्षेत्रमा बसेका छौँ, अहिले नदीमा बाढीले बगाएर ल्याएको काठ दाउरा स¬ङ्कलन गर्न सक्दैनौँ, त्यसैले हाम्रा लागि गुइँठा नै खाना पकाउने विकल्प हो ।”

गाउँमा प्राय: पशुपालन गर्ने भएकाले घरपिच्छे महिला गुइँठा बनाउने गर्दछन् । परापूर्वकालदेखि चलिआएको परम्पराका कारणले पनि गुइँठा बनाउने चलन अझै कायम छ । गुइँठाले स्वास्थ्यमा असर गर्नेबारे अलि सचेत हुन थालेको परिवारले ग्यासको व्यवस्था गरे पनि गुइँठाको प्रयोग नछाडेको डुडुवा–४ का शिक्षक चन्दा मिश्र बताउनुहुन्छ । उहाँका अनुसार गुइँठाको प्रयोगले खाना अलि स्वादिलो हुने सोचका कारण गाउँघरमा यसको प्रयोग नरोकिएको हो । ग्यास र त्यसमा प्रयोग हुने चुल्हो किन्न सबै गाउँले सक्षम पनि छैनन् ।

गुइँठा गाईगोरु तथा भैँसीको गोबरमा भुस, पराल मिलाएर बनाइन्छ । यसरी बनाइएको गुइँठालाई घाममा सुकाएर बाल्नयोग्य बनाइन्छ । स्वास्थ्यका दृष्टिले गुइँठा बाल्नु राम्रो होइन । आगो छिटो नसल्कने, आगो सल्के पनि धुवाँ बढी फाल्नेलगायत कारणले यसले स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थकर्मी बताउँछन् । अधिक गुइँठाको प्रयोगले श्वासप्रश्वास, क्षयरोग र मोतियाविन्दुजस्ता दीर्घकालीन रोगको जोखिम बढ्ने नेपालगञ्ज मेडिकल कलेजका विशेषज्ञ डा विनोद कर्ण बताउनुहुन्छ । दाउराका रूपमा गोबरको अत्यधिक प्रयोग भएकाले कृषि उत्पादनमा ह्रास हुँदै गएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

गोबरको प्रयोग इन्धनका रूपमा हुन थालेपछि किसानले रासायनिक मल प्रयोग गर्न थालेका छन् । यसबाट तत्काल उब्जनी बढ्ने भए पनि माटोको उर्वराशक्ति घट्दै गएको छ । बाँकेको नरैनापुर गाउँपलिकाले परम्परागत चुलोको अन्त्यका लागि विगतमा अनुदानमा ग्यास चुलो र सिलिण्डर वितरण गरेको थियो ।

नरैनापुर क्षेत्रमा बर्सेनि आगलागीका घटना हुने गरेको नेपाल रेडक्रस सोसाइटीका अधिकृत प्रह्लाद विश्वकर्मा बताउनुहुन्छ । उहाँका अनुसार नरैनापुरमा अधिकांश घर फुसका छन् । परम्परागत चुलोमा खाना पकाउनाले आगो गाउँमा आगो लाग्ने जोखिम सधै रहन्छ ।

नरैनापुरवासीलाई ग्यासतर्फ आकर्षण गर्न पालिकाले नि:शुल्क ग्यास वितरण गरे पनि सिलिण्डरमा रहेको ग्यासलाई प्रयोग गरी पछि त्यसमा आर्थिक समस्याका कारण पैसाको अभावमा ग्यास भर्न नसकिएर सयाँै ग्यास सिलिण्डर थन्किएका छन् । त्यस क्षेत्रका परिवारमा आर्थिक अभावमा विकल्पका रूपमा अझै पनि गुइँठा र दाउराको प्रयोगको जारी रहेको नरैनापुरका स्वास्थ्यकर्मी तारा शर्मा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँ यस्ता परिवार छन्, जसलाई दैनिक मजदुरी गरेपछि साँझ–बिहानको छाक टर्छ, त्यस्ता परिवारले ग्यास कसरी व्यवस्थापन गर्न सक्छन्रु”, सो क्षेत्रमा यस्ता परिवारको सङ्ख्या बढिरहेको छ ।

“अनुदानमा ग्यास सिलिन्डर प्राप्त गर्ने नरैनापुरका स्थानीय केहीले बेचिसके भने केहीले आफ्ना छोरी तथा नातागोतलाई दिए”, उहाँले भन्नुभयो, “सिलिन्डर पाए पनि महँगाइले गरिब र किसानका लागि ग्यासको मूल्य छोइनसक्नुभएको छ ।” नरैनापुर मात्र होइन, नेपालगञ्जनगरसँग जोडिएका धेरै गाउँमा गरिबीका कारण गुइँठा र दाउरा नै प्रयोग गरेको पाइन्छ । रासस