१९ माघ २०८१, शनिबार
,
Latest
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार ‘एक्टर: टेक वन’ लाई दर्शकको साथ, ३३० स्क्रिनमा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधुनिक यन्त्रका कारण दाइँ गर्ने परम्परा लोप हुँदै



अ+ अ-

किमाथाङ्का । सङ्खुवासभाका किसान गोरु घुमाएर दाइँ लाउने, धान स्वाहार्ने चटारोमा छन् । किसानहरु एकापसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा भए पनि हिजोआज वीरलै त्यस्ता दृश्य देख्न पाइन्छ । सङ्खुवासभामा  पछिल्लो समय गोरुको सहायताले गरिने दाइँ संस्कृति लोप हुन थालेको छ ।

गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँँ संस्कृति हराउँदै जान थालेको हो । गाउँघरमै कतिपयले अहिले फाँटमा त्रिपाल बिछ्याइ धान झारेर पराल घरमा भित्र्याउन थालेका छन् । जसका कारण पहिलेजस्तो मियोमा गोरु घुमाएर दाइँ गर्ने चलन गाउँघरबाटै हराउँदै जान थालेको छ ।

एक दशकअघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ गर्नेै आएका  किसानहरू पछिल्लो समय खेतालाको अभाव हुन थालेपछि आधुनिक मेसिनको सहायताबाट दाइँ हाल्न थालेका छन् । कृषिमा भित्रिँदै गरेको प्रविधिको विकाससँगै गोबर माटोले पोतेको खलोमा गोरुले पराल मिचेर धान झार्न दाइँ गर्ने परम्परा लोप हुन थालेको हो ।

दाइँको तयारीका लागि पाँच/सात दिन अगाडिदेखि नै फाँटको सबैभन्दा ठूलो गरो खुर्केर खलो लिपपोत गरेर, मियो गाडेर, धानको कुन्यु लगाउने प्रचलन अहिले लोप हुने थालेको पाँचखपन नगरपालिका–१ ओतेनको स्थानीय भैरवबहादुर थापाले राससलाई बताउनुभयो । पहिले पहिले दाइँमा सिमेभुमे नागहरुको पूजा गर्ने चलन भए पनि पछिल्लो युवापुस्ताले त्यो छाडेर आधुनिकतातर्फ लागेको थापाले बताउनुभयो ।

युवाशक्ति विदेश पलायन हुनु, साथै गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन समस्या हुनु तथा पाइएका खेतालाको ज्याला खर्च महँगो भएकाले दाइँ गर्ने संस्कृति लोप हुन थालेको सोही ठाउँका स्थानीय सुरेश पुरीले बताउनुभयो । रासस