२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद सुचारु हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामति ऐन ल्याउँछौँ: मन्त्री गुरुङ



file photo
अ+ अ-

काठमाडैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले संसद सुचारु हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामति ऐन ल्याउने बताउनुभएको छ ।

शनिवार पार्टीको वागमती प्रदेशस्तरीय प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उहाँले संसद सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामति ऐन ल्याउने बताउनुभएको हो । उहाँले संघीय प्रहरी ऐन, संघीय कर्मचारी ऐन र शिक्षा विधेयकहरु संसद सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत ल्याउने बताउनु भयो । उहाँले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन छिटै संघीय कानूनहरु पारित गर्ने तयारीमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रदेशहरुले झण्डा त पायो, दण्ड पाएन भन्ने कुरा आयो । निश्चित रुपमा झण्डा त पायो प्रदेशमा तर हामी दण्ड नपाउने परिस्थिति अन्त्य गर्दैछौँ । छिटै अन्त्य गर्दैछौँ । महत्वपूर्ण ऐन, कानून, शिक्षा विधेयक, जसले संघीयता कार्यान्वयनको एउटा पाटो हो, मिनि संसदमा विचाराधिन छ , संघीय कर्मचारी ऐन अर्को पाटो हो भने संघीय प्रहरी ऐन अर्को पाटो हो । हामी छिटो भन्दा छिटो सके छिटै संसद बस्ने भयो भने संसदबाटै यि विधेयक पारित गरेर ल्याउँला, कार्यान्वयन गरौँला । यदी संसद १५–२० दिन ढिला हुने भयो भने अर्को बाटो पनि हामीले अवलम्वन गर्नसक्छौँ । कानून लिएर आउने अर्को बाटोमा पनि जानसक्छौँ । जसरी पनि महत्वपूर्ण ऐनहरु लिएर आउने हो, कार्यान्वयन गर्ने हो र हाम्रो श्रद्धेय सभापतिले भनेझैँ झण्डा मात्रै बोकेर हिँडेको प्रदेशलाई दण्ड पनि दिइ हाल्ने हो ।’

उपसभापति गुरुङले काँग्रेसको आनीबानी र व्यवहारमा सुदृढ गर्न आवश्यक रहेको बताउनु भयो ।