११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प छैन: शंकर पोखरेल

मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प छैन: शंकर पोखरेल
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको बताउनुभएको छ ।

शनिवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको वागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उहाँले सो दाबी गर्नुभएको हो ।

महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको यात्रालाई वर्तमान सरकारले अवरुद्ध पारेकाले पनि त्यसलाई सुचारु गराउन एमालेलाई रोज्न पनि सबैलाई आह्वान गर्नुभयो । उहाँले वर्तमान सरकारलाई स्वार्थ गठबन्धनको संज्ञा दिँदै नीतिगत श्रेष्ठताका आधारमा मुलुकको नेतृत्व गर्न राजनीतिक धुव्रीकरण गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । महासचिव पोखरेलले मुलुकलाई बनाउने हो भने नयाँ राजनीतिक धु्रविकरण अपरिहार्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब स्वार्थहरुको गठबन्धन होइन, नीतिगत श्रेष्ठताका आधारमा राजनीतिक नेतृत्व गर्ने परिवेशको निर्माण गर्नुपर्दछ । त्यसका लागि अव हामीले राजनीतिक ध्रुवीकरणको बाटो तय गर्नुपर्दछ । म तपाईहरुलाई भन्न चाहन्छु–राजधानीमा आउने जुनसकै पार्टीका मान्छे भएपनि अब तपाईहरुले बुझ्नुपर्दछ । देश जोगाउने हो भने, स्वाधिनता बलियो बनाउने हो भने एमाले रोज्नु पर्दछ भनेर भन्न सक्नुपर्दछ । हिजो को कहाँ थियो भन्ने कुरालाई अब बिर्सिदिऊँ । देश बनाउने हो भने अब राजनीतिक धुब्रीकरण अपरिहार्य छ । हरेक राजनीतिक दलका नेता, कार्यकर्ताहरुको बीचमा पुग्नुस् । देश जोगाउने हो भने एमाले चाहिन्छ । एमाले रोज्नुपर्दछ भनेर अभियान चलाउनुस् । देशको स्वाधिनता, स्वाभिमान, राष्ट्र हितको पक्षमा एमाले सदैव खरो उत्रिएको छ । चाहे हामीले नाकाबन्दीको सामनाको कुरा गरौं, चाहे नयाँ नक्सा प्रकाशित गर्ने कुरा गरौं । चाहे हामीले चीनसँग व्यापार, पारवहनको कुरा गरौं । चाहे भारतसँग नुसुल्झिएका समस्या सुल्झाउने कुरामा नेतृत्व गरेको कुरा गरौं । वा अन्तराष्ट्रिय फोरमहरुमा जनताको पक्षमा, मानवताको पक्षमा हामीले उठाएका आवाजहरुको कुरा गरौं । एमाले जस्तो अरु कुनै पार्टीले राष्ट्रिय हितको एजेण्डालाई, मानवताको एजेण्डालाई उठाउन सक्दैन । त्यो सामथ्र्य एमालेसँग मात्रै छ भन्ने कुरालाई जनताको बीचमा लिएर गएर जनमतलाई ध्रुविकरण गर्ने काम गरौं ।

अर्को कुरा तपाईहरुलाई भन्न चाहन्छु–जनताले विकास खोजेको छ । परिवर्तन खोजेको छ । नेकपा एमालेले समृद्ध नेपाल: सुखी नेपालीको राष्ट्रिय आकांक्षाको नेतृत्व गर्न चाह्यो । आज यो यात्रा अवरुद्ध छ । चाहे हामीले सामाजिक विकासका क्षेत्रमा गर्नं खोजेका कामहरु हुन । चाहे पूर्वाधार विकासको क्षेत्रमा गर्न खोजेको कामहरु हुन् । हामीले सांस्कृतिक क्षेत्रमा गर्न खोजेका कामहरु हुन । यी सबै कामहरु रोकिएका छन । जबसम्म ती कामहरुलाई हामी अगाडि बढाउन सक्दैन, तबसम्म मुलुक बन्न सक्दैन । मुलुकु बनाउने हो भने आर्थिक–सामाजिक विकास र रुपान्तरणको कामलाई तिब्रता दिनै पर्दछ । त्यो कामको नेतृत्व एमाले बाहेक अरु कुनै पार्टीले गर्न सक्दैन । २ वर्ष हामीले खेर फालिसकेका छौं । अब धेरै समय खेर फाल्न सकिदैन । त्यस अर्थमा अब हामीले भन्न सक्नुपर्दछ–विकास र समृद्धिका लागि मुलुकमा एमालेनै चाहिन्छ । तपाई विकास र समृद्धिको पक्षमा हुनुहुन्छ भने आउनुहोस् एमालेमा भनेर आह्वान गर्न सक्नुु पर्दछ । एमालेलाई बलियो बनाउनु पर्दछ ।’

महासचिव पोखरेलले सरकारले अवैधानिक आर्थिक चलखेल गरेकाले बैंकहरुले ब्याजदर बढाउनु परेको जिकिर समेत गर्नुभयो ।