२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको यात्रा: आज पूर्वी सीमा- चिवाभञ्ज्याङमा पुगेर टुङ्गिँदै



अ+ अ-

पाँचथर: नेकपा एमालेले १९ दिन अघि मध्यपहाडी राजमार्गमा सुरु गरेको समृद्धि संकल्प यात्राको आज अन्तिम दिन यात्रा टोली पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुग्दैछ ।

हिजो पाँथरको फिदिममा बसेको टोली आज विहान त्यहाँबाट प्रस्थान गर्ने र साँझ फिदिमा नै बास बस्ने कार्यक्रम रहेको पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउनु हुनेछ । ३ हजार २ सय मिटर अग्लो यस ठाउँबाट पुन फर्किएर साँझसम्ममा टोली फिदिम आइपुग्ने प्रमुख गौतमले जानकारी दिनुभयो ।

सम्बन्ध स्थानीय,सन्देश राष्ट्रिय भन्ने नाराका साथ मध्यपहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न मंसिर १४ गतेबाट एमालेले झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा सुरु गरेको थियो ।

यात्राका क्रममा मध्यपहाडी राजमार्गमा पर्ने बैतडी,डडेलधुरा,डोटी,अछाम,दैलेख,जाजरकोट,पश्चिम रुकुम,पूर्वी रुकुमको यात्रा गरेको थियो । यसैगरी बागलुङ,पर्वत,कास्की,लमजुङ,धादिङ,नुवाकोट हुदै काभ्रेपलान्चोक,सिन्धुपाल्चोक जिल्लाको यात्रा टोलीले भ्रमण गरेको थियो । यसैगरी रामेछाप,सिन्धुली,ओखलढुंगा,खोटाङ,भोजपुर,धनकुटा हुँदै यात्रा टोली तेह्रथुमबाट पाँच्थर पुगेको थियो ।

यात्राको क्रममा मध्यपहाडी राजमार्गले नछुने चारवटा जिल्लाहरुमा एमालेको टोली पुगेको छ । जसमा गुल्मी,सुर्खेत,सल्यान र दोलखा रहेका छन् । यसरी मध्यपहाडी राजमार्गमा भित्रका २६ र त्यस बाहिरका चारवटा गरेर ३० वटा जिल्लाका जनतासँग एमालेले संवाद गरेको छ ।

यात्रा टोली भोली बिहान काठमाडौंका लागि प्रस्थान गर्नेछ ।




भर्खरै