११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

चिकित्सा शिक्षा आयोगको निर्देशकमा दलीय भागबन्डा नगर्न डा केसीको आग्रह

चिकित्सा शिक्षा आयोगको निर्देशकमा दलीय भागबन्डा नगर्न डा केसीको आग्रह
अ अ+ अ-

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको निर्देशकमा दलीय भागबन्डा नगर्न आग्रह गर्नुभएको छ ।

केसीले एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगका निर्देशकहरु छनोटमा योग्यलाई पाखा लगाएर निजी संस्थामा काम गरिरहेका व्यक्तिलाई सर्टलिस्ट गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

“एउटै निजी संस्थामा अहिले नै काम गरिरहेका धेरै जनालाई जानाजान सर्टलिस्ट गरेको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ”, विज्ञप्तिमा केसीले भन्नुभएको छ । त्यसो नहोस् भनेर बारम्बार चेतावनी दिँदासमेत खुलेआम त्यसरी सर्टलिस्ट गरिनु गलत हो भन्दै उहाँले आयोगका निर्देशकहरु नियुक्ति दलीय भागबन्डाको विषय बनाउन नहुने उल्लेख गर्नुभएको छ ।

“सरकार र राजनीतिक दलका नेताहरुले आयोगका निर्देशकहरुको नियुक्तिलाई पनि दलीय भागबन्डाको विषय बनाउन र आफ्ना कार्यकर्ता भर्ती गर्न नाजायज हस्तक्षेप र चलखेल गरिरहेको देखिन्छ”, विज्ञप्तिमा भनिएको छ, “त्यस्तै चलखेलअन्तर्गत नियुक्तिको प्रक्रियालाई अहिले न्यायालयमा पुर्‍याएर अलपत्र पारिएको छ ।”

उच्च अदालतले समेत विषयवस्तुको संवेदनशीलता बुझ्न नसकेको डा केसीको भनाइ छ । छनोट समितिका सदस्यको स्वार्थ होस् वा दल र नेताहरुको, कुनै पनि स्वार्थ पदाधिकारी नियुक्तिमा हुन नहुने भन्दै उहाँले आयोगमा हुने कुनै पनि नियुक्तिमा यस्तो चलखेल स्वीकार्य नहुने बताउनुभयो ।

केसीले चेतावनी दिँदै विज्ञप्तिमा भन्नुभएको छ, “त्यसो नगरिएमा दोषी व्यक्तिहरुलाई जवाफदेही बनाउन जुनसुकै कदम चाल्न हामी बाध्य हुने जानकारी गराउँछौँ ।”

नियुक्तिको प्रक्रिया अघि बढाउँदा कुनै पनि हालतमा दलीय भागबन्डा वा स्वार्थको द्वन्द्व नहुने सुनिश्चित गर्न तथा योग्यतम उम्मेदवारलाई मात्रै नियुक्त गर्न केसीको माग छ ।

चिकित्सा शिक्षा आयोगले आफ्नो मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज र एक बोर्ड निर्देशक गरी चार जना निर्देशक माग गरेको थियो ।

सोअनुसार राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल, संयोजक र प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य रहेको सिफारिस समितिले १२ जनाको नाम सिफारिस गरेको थियो ।

सिफारिसमा पर्नेहरुमा डा कृष्णसागर शर्मा, प्राडा गुरुप्रसाद खनाल, प्राडा दिनेशकुमार लम्साल, डा भीमसिंह त्रिकरी, प्राडा वन्दना गुरुङ शर्मा, डा विजयचन्द्र आचार्य, प्राडा सरला श्रेष्ठ रहनुभएको छ । त्यस्तै प्राडा सुजनबाबु मरहट्टा, प्राडा सुदीप आचार्य, प्राडा सुरज बज्राचार्य, प्राडा स्वयंप्रकाश पण्डित, हरिप्रसाद बस्याल पनि प्रारम्भिक छनोटमा पर्नुभएको छ । उनीहरुको प्रस्तुतीकरण र अन्तर्वार्ता भने रोकिएको छ ।