११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको पानी काठमाडौं ल्याउने सपना ३० वर्षअघि नै देखिएको थियो : सांसद केसी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद राजेन्द्रकुमार केसीले मेलम्चीको पानी काठमाडौं ल्याएको जस अहिलेको सरकारलाई मात्र दिन नमिल्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता केसीले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना ३० वर्षअघि नै कांग्रेसका तत्कालिन नेता कृष्णप्रसाद भट्टराईले देखेको बताउनुभयो ।

३० वर्षयता भएको कामका कारणले नै अहिले मेलम्चीको पानी काठमाडौं आइपुगेको उहाँले बताउनुभयो ।

जस कसले लिने भन्ने ठूलो कुरा नभई काठमाडौंमा पानी आउनु ठूलो कुरा भएको भन्दै उहाँले ३० वर्षदेखि गरेको काम अहिले मैले गरेँ भनेर हुंकार गर्नु कत्तिको न्यायोचित हुन्छ ? भनेर प्रश्नसमेत गर्नुभयो ।