७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले २३ चैतभित्र विश्वासको मत नलिए सरकारको वैधानिकतामाथि नै प्रश्न उठ्छ : सचेतक गुरुङ



अ+ अ-

काठमाडौं । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले  प्रधानमन्त्री केपी शर्मा ओलीले २३ चैतभित्र संसदबाट विश्वासको मत लिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको  बैठकमा बोल्दै माओवादी प्रमुख सचेतक गुरुङले सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा वर्तमान सरकारलाई ७६(१) अनुसार भने पनि २३ फागुनको फैसलाले ७६ (२) आकर्षित भएको बताउनुभयो । 

उहाँले धारा १०० को उपधारा २ आकर्षित हुने र त्यसमा सत्तारुढ दल विभाजित भएमा वा सरकारमा भएको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको बताउनुभयो ।

गुरुङले भन्नुभयो, ‘आज १८ गते भइसक्यो । २३ गते ३० दिन पुग्दैछ । ३० दिनभित्र विश्वासको मत लियो भने संवैधानिक रुपले वैधानिकता हासिल हुनसक्छ। ३० दिनभित्र विश्वासको मत नलिएको अवस्थामा सरकारको संवैधानिक हैसियत के हुने हो भन्ने प्रश्‍न उठ्ने देखिन्छ ।’

यस्तै गुरुङले सरकारले विधिको शासनलाई नपछ्याएको बताउँदै प्रतिनिधि सभाको बैठक सामान्य एजेन्डाहरुमा मात्रै सिमित भएको बताउनुभयो । सदनभित्र थुप्रै एजेन्डाहरु भएपनि ती एजेन्डाहरु अगाडी बढ्न नसकेको पनि उहाँले उल्लेख गर्नुभयो ।