२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल र हमासबिच पुन: युद्ध सुरु



Israeli troops gather with their military vehicles on the border with the Gaza Strip on November 30, 2023, on the 7th day of a truce in battles between Israel and Hamas militants. Israel and Hamas have agreed to extend by one more day a truce under which hostages are exchanged for Palestinian prisoners and aid flows into the war-devastated Gaza Strip. (Photo by GIL COHEN-MAGEN / AFP)
अ+ अ-

एजेन्सी। गाजा क्षेत्रमा पुन: हमास र इजरायलबिच युद्ध सुरु भएको छ ।

हमासको आन्तरिक र राष्ट्रिय सुरक्षा मन्त्रालयका अनुसार दक्षिणी गाजा क्षेत्रमा हवाइ हमला भएको छ । विज्ञप्ति जारी गर्दै मन्त्रालयले दक्षिणी गाजा, खान युनिस र रफाह क्षेत्रमा आक्रमण भएको बताइएको हो ।

युद्धविरामको म्याद सकिएको केही मिनेटपछि उत्तरपश्चिम गाजामा इजरायली सैन्य गाडीहरूले गोली चलाएको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले इजरायल तर्फ फायरिङ गरेर युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाउँदै हमास विरुद्ध लडाई कारबाही पुन: सुरु गरेको सिएनएनले बताएको छ । शुक्रबार हमास र इजरायलबिच युद्धविराम सम्झौताको सातौँ दिन थियो ।

अमेरिका, कतार र इजिप्टले युद्धविराम लम्ब्याउन पहल गरे पनि सफल हुन सकेन । युद्धविरामको अवधि समाप्त हुनु केही अघिमात्र इजरायलले गाजा क्षेत्रबाट प्रहार गरिएको एउटा रकेट आफ्नो सुरक्षा निकायले विफल तुल्याएको दाबी गरेको थियो ।