९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य

राजसंस्था र हिन्दुराष्ट्र स्थापनाका लागि वृहत् राष्ट्रिय मोर्चा बनाउन राप्रपा नेपालको आह्वान

राजसंस्था र हिन्दुराष्ट्र स्थापनाका लागि वृहत् राष्ट्रिय मोर्चा बनाउन राप्रपा नेपालको आह्वान
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था र हिन्दु राष्ट्र स्थापना तथा सङ्घीयता खारेजीका लागि वृहत् राष्ट्रिय मोर्चा निर्माण वर्तमान समयको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।

अध्यक्ष थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निष्कर्ष निकालेको हो ।

बैठकले गरेका निर्णयहरु यसप्रकार छन् –
१. संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य चाहने, संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न चाहने, संघीयता खारेज गर्न चाहने, सुशासन र समृद्धि चाहने सबै एकतावद्ध हुनुपर्छ भन्ने समयको माग र जनताको चाहनालाई दृष्टि गर्दै वृहत राष्ट्रिय मोर्चा निर्माण गर्न सम्पूर्ण राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादी दल र समुहलाई राप्रपा नेपाल आह्वान गर्दछ । समान बिचारधारा भएकाहरु छरिएर होईन, जुटेर काम गर्यौँ भने देशमा सकारात्मक परिवर्तन संभव छ । अहिले नेतृत्व वा समुहगत स्वार्थका निम्ति झगडा गर्ने बेला होईन । सामुहिक नेतृत्व र सबैको ससम्मान सहभागितको आधारमा मोर्चा निर्माण गरौँ, तथा जनआन्दोलनको दवावमा परिवर्तन सुनिश्चित गरौँ भन्ने राप्रपा नेपाल सबैमा आग्रह गर्दछ ।

२. बैठकले देहाय बमोजिमको राजनीतिक प्रस्ताव पारित गरेको छः

२.१. २०६३ सालको राजनीतिक परिवर्तन पछि नेपालको निम्ति संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूणर् धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र उपयुक्त हुन्छ भन्ने बिचार बोक्ने दल राप्रपा नेपाल मात्र थियो ।

संविधानसभाले तयार गरेको संविधानको पहीलो मस्यौदामा “गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता अपरिवर्तनीय हुनेछ” भन्ने लेखिएकोमा राप्रपा नेपाल कै बलमा उक्त प्रावधान हटाई राष्ट्रिय अखण्डता, सार्वभौमिकता र जनतामा निहित सार्वभौमसत्ता वाहेक जनताको अभिमतबाट सबै बिषयहरु परिवर्तन हुनेसक्ने व्यवस्था कायम भएको हो । यो प्रावधानको कारण नेपाली जनताले चाहेमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता समेत परिवर्तन गर्न पाउने अधिकार स्थापित भएको छ ।

२.२. विगत केही समय यता राजसंस्था र हिन्दुराष्ट्र स्थापना तथा संघीयताको खारेजीको पक्षमा सशक्त जनप्रदर्शनहरु भएका छन् । यि जनप्रदर्शनहरुमा उर्लेको जनलहरले निम्न बमोजिम स्पष्ट सन्देश दिएको छ

क. ‘संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल भएको छ । विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकहरुबाट जनता मुक्ति चाहन्छन् । जनता विकल्पको खोजीमा छन्,

ख. संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दुराष्ट्र, सुदृढ स्थानीय स्वायत्त शासन तथा भ्रष्टाचारमुक्त सुशासन र समृद्धि जनताले खोजेको विकल्प हो ।

२.३. विगतमा राजसंस्था र हिन्दुराष्ट्र स्थापना तथा संघीयता खारेजीको पक्षमा राप्रपा नेपाल मात्र रहेकोमा हाल विभिन्न दल र समुहहरु समेत यो बिचार र एजेण्डामा खडा हुनु खुसी र उत्साहको विषय हो । वर्तमान अवस्थामा समान बिचारधारा र एजेण्डा बोकेका शक्तिहरु विभाजित हुँदा स्वभाविकरुपले लक्ष्य प्राप्ति कठिन हुन्छ । त्यसर्थ, वृहत राष्ट्रिय मोर्चा निर्माण वर्तमान समयको आबश्यकता हो ।

२.४. संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको स्थापनाबाट कुनै पनि राजनीतिक दल, समुह वा नेताहरु चिन्तित र विचलित हुनु पर्दैन । राजसंस्थासहितको प्रजातन्त्रको अवधारणा निरंकुश शासन प्रणाली होईन । यो परिवर्तनकारी बिचार र शक्ति तथा परम्परागत बिचार र शक्ति बिच सामञ्जस्ताको मान्यता हो । यो राष्ट्र बचाउने र बनाउने राष्ट्रिय मेलमिलापको नीति हो । राजसंस्था स्थापित गरेर दल वा प्रजातन्त्र विस्थापित गर्ने वा कमजोर बनाउने होईन । जनसम्प्रभुताको मान्यता अनुरुप शासन जनताबाट निर्वाचित प्रतिनिधिले गर्ने र राजसंस्था अभिभावकको रुपमा रहने मान्यता नै राजासहितको प्रजातन्त्रको मुल मर्म हो ।

हिन्दुराष्ट्र नेपालको संस्कृति, पहिचान र एकताको आधार हो । हिन्दुराष्ट्र सर्वधर्म समभाव, पूणर् धार्मिक स्वतन्त्रता र विभिन्न धर्म बिच सहकार्यको अवधारणा हो । त्यसर्थ, हिन्दुराष्ट्र कायम हुँदा सबै धर्मको अस्तित्व र सहकार्यको वातावरण सुनिश्चित हुन्छ ।

संघीयताको वर्तमान स्वरुप परिवर्तन गरेर केन्द्रमा बलियो सरकार र स्थानीयतहमा अहिलेको भन्दा पनि बढि अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई तहको सरकार कायम गर्नु उपयुक्त हुन्छ । देशको आर्थिक अवस्थाले धान्न नसक्ने तथा प्रयोजनविहिन प्रदेशतहको संरचना आबश्यक छैन ।

उपरोक्त मान्यता राष्ट्र र जनताको वृहत्तर हितमा हुन्छ । यसले प्रजातन्त्र बलियो बनाउँछ, शान्ति र स्थिरता कायम हुन्छ तथा आर्थिक समृद्धिको निम्ति अनुकूल वातावरण तयार गर्छ ।

२.५. वर्तमान व्यवस्था असफल भएको तितो यथार्थ, देशको धरातलीय अवस्था र जनताको परिवर्तित चाहानाको सम्मान गर्दै सबै नेपाली अटाउने र सबैको पहिचान सुनिश्चित हुने नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापना गर्ने कार्यमा सकारात्मक सहयोग गर्न तथा यथास्थितिबाट मुक्तिको जनचाहनालाई अवरोध र दमन नगर्न राप्रपा नेपाल सरकार र प्रमुख राजनीतिक दलहरुसँग आग्रह गर्दछ ।

२.६. साथै, यो अभियानमा साथ, सहयोग र एक्यवद्धताको निम्ति राप्रपा नेपाल आम नेपाली जनतामा अपिल गर्दछ ।

३. पार्टीको केन्द्रीय कार्य समितिको बैठक यही मंसीर २४ र २५ गते काठमाण्डौमा बस्ने भएको छ । बैठकमा बृहत राष्ट्रिय मोर्चा निर्माण र भावि आन्दोलनको कार्ययोजना पेश गर्ने निर्णय गरिएको छ ।