२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकप छनोटः नेपाल र यमन भिड्दै



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप–२०२६ छनोट चरण अन्तर्गत दोस्रो खेलमा नेपालले आज मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र यमनबीचको पहिलो लेगको खेल दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टिमले अर्को चरण पुग्नका लागि खेल जित्नैपर्ने भएकाले शतप्रतिशत दिएर खेल्ने जनाएको छ ।

सोमबार प्रि–म्याच कम्फ्रेन्समा बोल्दै प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले अंक जोड्नका लागि नेपाललाई उक्त खेल निकै महत्वपूर्ण रहेको बताए ।

यमन नेपालभन्दा बलियो टिम रहेपनि सम्पूर्ण ध्यान खेलमा केन्द्रित गर्दै उत्कृष्ट खेल प्रर्दशन गर्ने उनले बताए । त्यस्तै कप्तान किरण लिम्बुले खेलका लागि राम्रो तयारी भएको र जित हासिल गर्नेगरी मैदान उत्रने बताए ।

घरेलु मैदानमा खेल खेल्न पाउँदा निकै उत्साहित रहेको बताउँदै केही दबाब हुनु स्वभाविक रहेको उनको भनाई छ । छनोट चरणको पहिलो खेलमा नेपाल घरेलु टोली युएईसँग ४–० ले पराजित भएको थियो ।

यमनसँगको खेलको लागि साधारण पारापिटतर्फ ४ सय र भीआईपी पारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर कायम गरिएको एन्फाले जनाएको छ । एन्फाका अनुसार खेलको टिकटहरू खेल हुने दिन बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री गरिनेछ ।

यस्तै, खेल सकिएपछि दर्शकहरुलाई फर्किनका लागि एन्फाले बसको समेत व्यवस्था गरेको छ । बसहरु विभिन्न रुटमा चल्नेछन् । फिफा वरीयतामा यमन १५६औं स्थानमा रहेको छ भने नेपाल १७३औं स्थानमा रहेको छ ।