५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुटन टाउनसँग बराबरीमा रोकियो लिभरपुल



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले बराबरी खेलेको छ । गएराति भएको खेलमा लिभरपुलले लुटन टाउनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु टोली लुटनका लागि खेलको ८० औं मिनेटमा ताहिथ चोंगले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, खेल सकिनै लाग्दा इन्जुरी समयमा ९०+५ औं मिनेटमा लुइस डियाजले गोल फर्काउँदै लिभरपुलको हार टारे ।

यो नतिजासँगै लिरपुल ११ खेलबाट २४ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट ६ अंकसहित लुटन भने १७ औं स्थानमा छ ।