११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक छः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

शनिवार नेपाल आर्थिक पत्रकार संघको १५ औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न परम्परागत रुपमा भन्दा पनि सबै पक्षहरुलाई एकै ठाउँमा राखेर सबैको धारणा बनाउनु आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय समय विदेशी मुद्रा सञ्चिति,पर्यटनमा वृद्धि, बैंकमा तरलता सहजता भएको अवस्था छ । पछिल्लो विभिन्न तथ्याङ्कले अर्थतन्त्रमा सुधार हुँदा अर्थतन्त्रको सूचकहरूमा सुधार हुँदै गएकाले बताउनु भयो ।

उहाँले यसले अर्थतन्त्र पूर्ण चलायमान बनाउन विश्वास बढाउने बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएका समस्याका कारण सर्वसाधारणहरू लगानी गर्न डराइरहेको भन्दै सबै निकायहरुको साझा एजेण्डा अर्थतन्त्र सुधार गर्ने भएमा भने मुलुकले खोजेको अर्थतन्त्र चलायमान हुने बताउनु भयो । उहाँले अहिले एक आपसमा आरोपप्रत्यारोप गर्नेभन्दा पनि कहाँ–कहाँ कसरी बढ्न सकिन्छ भने बहस गरी अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न परम्परागत रुपमा भन्दा पनि सबै पक्षहरुलाई एकै ठाउँमा राखेर सबैको धारणा बनाउनुपर्छ । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति,पर्यटनमा वृद्धि, बैंकमा तरलता सहजता भएको अवस्था छ । पछिल्लो विभिन्न तथ्याङ्कले अर्थतन्त्रमा सुधार हुँदै गएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव छैन । अब भनेको सर्वसाधारणलाई कन्फिडेन्स विकास गर्न आवश्यक छ । यसको लागि सबै सरोकारवाला निकायहरुको साझा एजेण्डा भयो भने मुलुकले खोजेको अर्थतन्त्र चलायमान हुन्छ । अहिलेको अवस्था एकले अर्कोलाई दोस दिएर भन्दा पनि सकारात्मक रुपमा सूचना प्रवाह गर्न आवश्यक छ ।’

त्यस्तै,नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्र बलियो बन्नको लागि कानून,नीति हुनुपर्ने बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्रको वर्तमान अवस्था अफ्ठ्यारो अवस्थामा रहेको बताउनु भयो ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिकोत्सवको अवसरमा ३ पत्रकार र प्लानिङ २.० नामक जर्नल विमोचन गरिएको छ । १ लाख रासीको पुरस्कार रातोपाटीका प्रयास श्रेष्ठले पाएका छन । सिबिफिन बैंकिङ पत्रकारिकता पुरस्कार केटिएम भ्वाइसका रोयल आचार्य र सिबिफिन आर्थिक पुरस्कार विकासन्यूजका सन्तोष रोकायलाई प्रदान गरिएको छ ।