२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएलको अक्सन डिसेम्बरमा दुबईमा हुने



आइपिएल कप
अ+ अ-

चर्चित भारतीय क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपीएल) को लिलामी (अक्सन) आगामी डिसेम्बर १९ मा दुबईमा हुने भएको छ । भारत बाहिर अक्सन हुन लागेको यो पहिलो पटक हो ।

आइपीएलका क्लबहरुले नोभेम्बर १५ सम्ममा आफूले राख्न चाहेका र बिक्री गर्न वा छाड्न चाहेका खेलाडीको सूची सार्वजनिक गरिसक्नु पर्ने आइपीएलले जनाएको छ । यसपछि डिसेम्बरको सुरुतिर खेलाडीको अन्तिम सूची सार्वजनिक गरिने आइपीएलले जनाएको छ ।

आगामी सन् २०२४ को सिजनका लागि प्रत्येक टिमले खेलाडी किन्न १०० करोड भारतीय रुपैयाँ (करिब १ करोड २० लाख डलर) बराबर खर्च गर्न पाउने छन् । गत वर्षभन्दा यो पाँच करोड बढी हो ।
यो रकम हरेक टिमले अक्सनका दिन अनिवार्य रुपमा खर्च गर्नुपर्ने नियम छ । क्लबहरुले अघिल्लो बर्ष खर्च नभएको रकम समेत यस पटक जोड्न पाउने छन् ।

हाल पञ्जाब टिमसँग सबैभन्दा बढी रकम छ । यससँग १२ करोड भारु छ जबकी मुम्बई इन्डियन्ससँग ५ लाख मात्र छ ।

आइपीएलमा पञ्जाब, मुम्बई सहित सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स, डेल्ही क्यापिटल्स, लखनऊ सुपर जाइन्टस्, मुम्बई इन्डियन्स, राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स, चेन्नाई सुपर किंग्स रहेका छन् ।

गत सिजनमा पञ्जाबमा आबद्ध साम करन सर्वाधिक महंगा खेलाडी थिए । क्लबले उनलाई १८.५ करोड भारुमा खरिद गरेको थियो ।

आगामी सिजनमा पनि धेरै विदेशी खेलाडीले आइपीएल खेल्ने सम्भावना छ । एएनआई न्यूज एजेन्सीका अनुसार अस्ट्रेलियाका तिब्र गतिका बलर मिचेल स्टार्क, प्याट कमिन्स, ट्राभिस हेड, क्रिस वोक्स, अलेक्स हेल्स, साम बिलिङ्स, गेराल्ड कोजी सूचीमा रहने छन् ।

हाल भारतमै जारी विश्वकपमा खेलाडीले गर्ने प्रदर्शनले पनि आइपीएलमा प्रभाव पार्नेछ ।