२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान होस्ः प्रधानन्यायाधीश श्रेष्ठ



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडादसैँले मुलुकमा आइपर्ने सबै किसिमका विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।

विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले सांस्कृतिक धरोहर र वैभवको रूपमा रहेका चाडपर्वमा अन्तर्निहित भावना र सन्देशबाट मुलुकको विकास, समृद्धि, सुशासन तथा न्यायपूर्ण समाजको स्थापनाका लागि महत्त्वपूर्ण आधार प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।

“नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, सुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्याय सुनिश्चित गर्ने तथा विधिको शासनको प्रवद्र्धन र भरोसायोग्य न्याय प्रणालीको स्थापनाका लागि चाडपर्वले हामी सबैलाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सक्ने ऊर्जा, क्षमता र प्रेरणा प्रदान गरुन् भन्ने कामनासमेत गर्दछु”, प्रधानन्यायाधीश श्रेष्ठले शुभकामना सन्देशमा भन्नुभएको छ ।

सदिऔँदेखि नेपाली समाजमा रहेको आपसी सद्भाव, विश्वास र सहिष्णुता कायम गर्दै विविधताबीचको एकता तथा सामाजिक सांस्कृतिक ऐक्यबद्धताको प्रवद्र्धन गर्न यसप्रकारका चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँको भनाइ छ । उहाँले देशविदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु एवं सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । रासस