४ पुष २०८२, शुक्रबार
,
Latest
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजकुमार फिलिपको अन्तिम संस्कारका दृश्य तस्बिरमा



अ+ अ-

एजेज्सी । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीया, उनको परिवार र पूरै ब्रिटेनले उनका पति राजकुमार फिलिपको शनिवार विन्ड्सर कासल परिसरमा अन्तिम बिदाइ गरेका छन्।

सेन्ट जोर्जेज् च्यापलमा गरिएको अन्तिम संस्कारमा महारानी सबैभन्दा नजिक एक्लै बसेकी थिइन्। उनका जेठा छोरा प्रिन्स अफ वेल्स र बुहारी विपरीत बसेका थिए।

उनको शव प्राइभेट च्यापलबाट सेन्ट जोर्जेज् च्यापलसम्म लगिँदा राजपरिवारका नौ प्रमुख सदस्यहरू शवपेटिका राखिएको ल्यान्ड रोभर कारको पछिपछि हिँडेका थिए।

त्यसरी हिँडेकामध्ये तेस्रो लहरमा ड्यूक अफ केम्ब्रिज र राजकुमार ह्यारी पनि थिए। राजकुमार फिलिपको शोकमा एक मिनेटको मौनधारणअघि महारानीको गाडी आइपुगेको थियो।

सयौँ मानिसले घोडसवार सैनिकहरू विन्ड्सर कासलमा गएको दृश्य हेरेका थिए। राजकुमार फिलिपलाई बिदाइ गर्न केही सर्वसाधारण उपस्थित भए पनि कोभिड प्रतिबन्धका कारण त्यहाँ भिड थिएन।

सबै तस्बिरहरूको सर्वाधिकार उल्लेख गरिएका छन्। (बीबीसी नेपाली)