२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री मुलुकप्रति जिम्मेवार देखिनुभएन: कांग्रेस नेता सत्तार



अ+ अ-

गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुलुकप्रति गैरजिम्मेवार भएको आरोप लगाउनुभएको छ ।

शुक्रबार नेपाली कांग्रेस गोरखा नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा नेता सत्तारले भन्नुभयो, “मुलुकमा यस्तो भयावह अवस्था छ प्रधानमन्त्री जम्बो टोली लिएर पर्यटकका रुपमा घुम्दै हुनुहुन्छ ।”

उहाँले राष्ट्रसंघको सम्मेलन पछि अन्य कार्यक्रममा प्रधानमन्त्री दर्शकका रुपमा परिबारका सदस्यहरु लिएर घुमिरहनु भएको उल्लेख गर्दै राष्ट्रप्रति जिम्मेबार भएको भए उहाँ तत्काल स्वदेश फर्कनु पर्ने थियो भन्नुभयो । “शिक्षक, चिकित्सकहरु सडकमा उत्रिएका छन्, मुलुकको आर्थिक अवस्था यस्तो छ तर उहाँ ढुक्कसँग घुम्नुभएको छ”, उहाँले भन्नुभयो , “प्रधानमन्त्री मुलुक प्रति जिम्मेवार देखिनुभएन ।”

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीलाई सधैँ काँग्रेसले काँध थाप्छ भन्ने भ्रम होला, अब पुनःविचार गर्न पर्ने अवस्था पनि आयो ।” उहाँका अनुसार गठबन्धनको सरकार भए पनि प्रधानमन्त्री र माओवादीले गरेका सबै गलत कामको अपजस काँग्रेसले बोक्न हुँदैन र सक्दैन ।

उहाँले पार्टीलाई आघात पुग्ने कार्य र व्यक्तिवादी सोच त्याग्न आग्रह गर्दै जनतासँग गरेको वाचा पूरा गर्न सबै लाग्नु पर्ने बताउनुभयो । कांग्रेस कस्तो भयो भनेर २०८४ को निर्वाचनमा आउने परिणामबाट देखिने भन्दै उहाँले अबका निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने कुरा यिनै अभियानहरुमा भर पर्ने बताउनुभयो । नेता सत्तारले बडा सभापतिदेखि केन्द्रीय सभापतिसम्म विधि र पद्धतिमा चल्नु पर्ने बताउँदै आफैँले बनाएको नियम पालनानै महत्वपूर्ण कुरा भएको बताउनुभयो ।