१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार

प्रधानमन्त्री मुलुकप्रति जिम्मेवार देखिनुभएन: कांग्रेस नेता सत्तार

प्रधानमन्त्री मुलुकप्रति जिम्मेवार देखिनुभएन: कांग्रेस नेता सत्तार
अ अ+ अ-

गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुलुकप्रति गैरजिम्मेवार भएको आरोप लगाउनुभएको छ ।

शुक्रबार नेपाली कांग्रेस गोरखा नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा नेता सत्तारले भन्नुभयो, “मुलुकमा यस्तो भयावह अवस्था छ प्रधानमन्त्री जम्बो टोली लिएर पर्यटकका रुपमा घुम्दै हुनुहुन्छ ।”

उहाँले राष्ट्रसंघको सम्मेलन पछि अन्य कार्यक्रममा प्रधानमन्त्री दर्शकका रुपमा परिबारका सदस्यहरु लिएर घुमिरहनु भएको उल्लेख गर्दै राष्ट्रप्रति जिम्मेबार भएको भए उहाँ तत्काल स्वदेश फर्कनु पर्ने थियो भन्नुभयो । “शिक्षक, चिकित्सकहरु सडकमा उत्रिएका छन्, मुलुकको आर्थिक अवस्था यस्तो छ तर उहाँ ढुक्कसँग घुम्नुभएको छ”, उहाँले भन्नुभयो , “प्रधानमन्त्री मुलुक प्रति जिम्मेवार देखिनुभएन ।”

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीलाई सधैँ काँग्रेसले काँध थाप्छ भन्ने भ्रम होला, अब पुनःविचार गर्न पर्ने अवस्था पनि आयो ।” उहाँका अनुसार गठबन्धनको सरकार भए पनि प्रधानमन्त्री र माओवादीले गरेका सबै गलत कामको अपजस काँग्रेसले बोक्न हुँदैन र सक्दैन ।

उहाँले पार्टीलाई आघात पुग्ने कार्य र व्यक्तिवादी सोच त्याग्न आग्रह गर्दै जनतासँग गरेको वाचा पूरा गर्न सबै लाग्नु पर्ने बताउनुभयो । कांग्रेस कस्तो भयो भनेर २०८४ को निर्वाचनमा आउने परिणामबाट देखिने भन्दै उहाँले अबका निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने कुरा यिनै अभियानहरुमा भर पर्ने बताउनुभयो । नेता सत्तारले बडा सभापतिदेखि केन्द्रीय सभापतिसम्म विधि र पद्धतिमा चल्नु पर्ने बताउँदै आफैँले बनाएको नियम पालनानै महत्वपूर्ण कुरा भएको बताउनुभयो ।