• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु ★   भरतपुर महानगरपालिकाद्वारा सन्दीप लामिछानेलाई सम्मान ★   पोखरा महानगरपालिकामा अख्तियारको छापा ★   एमाले सचिवालय बैठक जारी – फोटोफिचर ★   उतारचढावबीच नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले बढ्यो ★   प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री लामिछाने प्रधानमन्त्री कार्यालयमा ★   सहकारी छानविन विशेष समितिको निर्णय:राजनीतिक दलहरुसँग सहकारी समस्या समाधानका लिखित सुझाव माग गर्ने ★   ‘ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गदै ढकाल ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता ★   भ्रष्टाचारका फाइल खुल्न थालेपछि रातारात सत्ता समीकरणमा उलटफेर आयो: गृहमन्त्री लामिछाने

देशमा अतुलनीय योगदान दिएका व्यक्तिलाई नयाँ पुस्तामा चिनाउनुपर्छ: गगन थापा



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अतुलनीय योगदान दिएका व्यक्तिलाई चिनाउने कार्यक्रम सरकारले तयार गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्षभरका कार्यक्रम बनाउँदा देशका लागि अतुलनीय योगदान दिएका डा.गौरीशंकरलाल दासको कार्यक्रम राख्नुपर्ने बताउनु भयो । उहाँले डा. दासले गरेका जीवनका कामहरुको बारेमा नयाँ पुस्तालाई चिनाउन र बुझाउन आवश्यक देखिएको बताउनु भयो । उहाँले नेपाली समाजमा गौरीशंकर दासजस्तो प्रवृत्ति र पात्र पनि छन् भनेर देखाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले वर्षभरका कार्यक्रम बनाउँदै गर्दा खास गरी हामीले नौ जवानहरुलाई डा.गौरीशंकरलाल दास चिनाउने केही कार्यक्रम राख्नुपर्छ । त्यसमा यहाँहरुको साथ हामी चाहन्छौँ । उहाँसँग जसले सहयात्रा गरेको छ, जसले उहाँका योगदानको बारेमा चिन्यो त्यो त थाहा छँदै छ, नौ जवानलाई किन बताउनुपर्ने छ भने हामी कहिले काहीँ यति धेरै राजनीतिका बारेमा कुरा गर्छौं, कहिले काहीँ के लाग्छ भने हामी रित्तो थियौँ भन्ने लाग्छ, तर हामी आधा भरिएका र आधा खाली थियौँ । नेपाली राजनीति आफ्नो बाटो हिँड्यो होला तर नेपाली समाजमा गौरीशंकर दासजस्तो प्रवृत्ति र पात्र थियो जसले समाजमा यो त्यो नभनिकन काम गर्नुभयो । आफ्नो कर्म र धर्म छोड्नुभएन । समाजसेवी र चिकित्सकको रुपमा । कहिले नथाकी र नअल्मलिकन उहाँले काम गर्नुभएको छ । राजनीतिबाट अलग रहेर समाजका लागि काम गरिरहनुभएको छ ।’

महामन्त्री थापाले समाजमा आफ्नो र अर्काको नभनि नथाकी कन जनसेवामा खटिने व्यक्तिहरुलाई सरकारले सम्मान गर्न सक्नुपर्ने बताउनु भयो ।