२२ श्रावण २०८३, शुक्रबार
,
Latest
लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै प्रतिनिधिसभा : जनताले भोगेका समस्या समाधान गर्न आग्रह मध्यपुरथिमिको चार वर्षः शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा प्रगति एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफलः प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउनेगरी समितिबाट एकैदिनमा पारित विधेयक प्रतिनिधि सभामा पेश वैदेशिक रोजगार क्षेत्रमा नीतिगत सुधारको माग गर्दै व्यवसायीद्वारा आन्दोलनको घोषणा, श्रमिक पठाउने कार्य स्थगित पर्यटन विधेयक, २०८१ लाई उदार र समयसापेक्ष बनाउन विज्ञहरूको सुझाव गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखापरीक्षण गर्नेहरुको पनि वित्तीय अनुशासन छानबिन गर्नुपर्छ: अध्यक्ष लिङदेन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सार्वजनिक लेखा समितिले लेखापरीक्षण गर्नेहरु वित्तीय अनुशासनमा भए/नभएको विषयमा छानबिन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताउनुभएको हो । उहाँले महालेखा परीक्षकहरुले अंकमा बेरुजु देखाउने मात्रै नभएर जवाफदेही बनाउनुपर्ने बताउनु भयो । अध्यक्ष लिङदेनले हरेक वर्ष उच्च रुपमा बेरुजु बढ्नुको प्रमुख कारण समेत महालेखापरीक्षकले छुट्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले बेरुजुको आधा हिंसा भन्दा बढी देशको अर्थतन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयय अन्तर्गत हुने कारण देशको ऐन कानून वा नेतृत्व बारेमा महालेखापरीक्षकको दृष्टिकोण प्रष्ट हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘वर्षैपिच्छे बेरुजु बढ्दै जानुपर्ने कारण के हो । त्यसमा पनि बेरुजुको आधा हिंसा भन्दा बढी देशको अर्थतन्त्र र भौतिक पूर्वाधार मन्त्रालयय अन्तरर्गत हुने कारण महालेखापरीक्षकको दृष्टिकोणमा देशको ऐन कानून वा नेतृत्वको कारण छ । यस्ता कुराहरु आउनुपर्छ । बेरुजुसँग कोही न कोही जोडिनुपर्छ । कसको कार्यकालमा भएको हो जवाफदेही को हुनुपर्छ । महालेखा परीक्षकले देखाई दिएर मात्रै पुग्ने तर बेरुजुको जिम्मेवारहरु माथिल्लो निकायमा जानेर अर्कोले पनि बेरुजु थप्दै थप्दै जाने हो ।’

‘हामीले अंक मात्रै देखाइदिने हो जवाफदेही बनाउन के कुराले रोक्यो । एक वर्षको बेरुजु अर्को वर्ष फस्स्र्यौट नभए को जिम्मेवारी हुने र के कुराबाट वञ्चित हुने हो भन्ने कुरा राम्रो हुन्छ । लेखापरीक्षण वित्तीय अनुशासन कायम गर्नको लागि गरिन्छ भन्छौं । लेखापरीक्षण गर्नेहरु नै कतिको वित्तीय अनुशासनमा छन् । लेखापरीक्षण गर्न जानेहरु रकम लिएर काम गर्ने कुराहरु आएका छन् । यो विषयमा पनि ध्यान पुग्न सक्नुपर्छ ।’

अध्यक्ष लिङदेनले महालेखाले बेरुजु देखाउने तर जवाफदेही व्यक्ति माथिल्लो निकायमा गएर थप बेरुजु थप्दै जान दिनु नहुने बताउनु भयो ।