९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सडक व्यापार व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकालाई दबाब दिन मिल्दैन: सुनिता डंगोल

सडक व्यापार व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकालाई दबाब दिन मिल्दैन: सुनिता डंगोल
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको नभएको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपमेयर डंगोलले यो समस्याको दिगो समाधान हुनेगरी तत्काल एकीकृत नीति बनाउन संघीय सरकारलाई आग्रह समेत गर्नुभयो । उहाँले यो समस्या देशभरकै सबै शहरहरुमा भएकाले संघीय सरकारले दिगो समाधान दिनेगरी आवश्यक एकीकृत नीति बनाउन ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नुभयो ।

उपमेयर डंगोलले सो समस्या समाधानका लागि काठमाडौं महानगरपालिकालाई दबाब दिने काम नगर्न पनि अनुरोध गर्नुभयो । काठमाडौं महानगरपालिकालाई कसैको दबाब भन्दा पनि सुझाव आवश्यक रहेको पनि उहाँको भनाई थियो । उपमेयर डंगोलले काठमाडौं महानगरपालिकालाई आफ्ना नीति र कार्यक्रम अनुसार अघि बढीरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाले आफूले वर्षभरी के काम गर्ने भन्ने नीति, नियम, कार्यक्रमहरु तय गरेको छ । र, नगरसभाबाट नै पास गरेर त्यसको म्यान्डेटलाई नै कार्यान्वयन गर्ने भनेर नै हामीले प्रयोग गरिरहेका छौं । त्यसतर्फ हामी निरन्तर रुपमा अघि बढिरहेका छौं । र, ती नीति, कार्यक्रमहरु पूरा गर्नका लागि काठमाडौं महानगरपालिकालाई दबाबको भने पक्कै पनि खाँचो छैन । त्यो हामीले निरन्तर रुपमा काम अघि बढाइरहेका छौं ।

र, त्यसको साथसाथै हामीले इलेक्शन अगाडिदेखि नै काठमाडौं महानगरपालिका भनेको देशको नै राजनीति शहर । यहाँ सबैलाई वेलकम गर्ने कुरामा हामी विमति छैन । र, सबैलाई स्वागत गर्ने कुरामा पनि विमती छैन । प्रमुख च्यालेन्ज भनेको व्यवस्थापनको कुरा नै हो । र, त्यही कुरा गर्दा पनि घोषणा पत्रमा पनि हामीले व्यवस्थापनका कुरा अगाडि सारेका थियौं । र, अहिले पनि त्यसबिरुद्ध हामी लागेका छैनौं । काठमाडौं महानगरपालिका भित्र आफ्नै तवरबाट महानगरपालिकाको आफ्नै हिसावले पनि हामीले अहिले अध्ययन पनि गराईरहेका छौं । र, एउटा मात्रै विषय छैन, थुप्रै विषयहरु छन् । ती विषयहरुलाई कसरी व्यवस्थित बनाउने भन्ने कुरा आन्तरिक हिसावमा अध्ययन भईरहेको पनि यहाँहरुलाई जानकारी गराउन चाहन्छु । र, समस्या आयोग स्ट्रिट भेन्डर्सका समस्याहरु आउँदाखेरी यो काठमाडौं महानगरपालिकाको मात्रै समस्या भने पक्कै होइन । देशभरीमा, जहाँजहाँ सहर छ, त्यहाँ हेर्नु भयो भने स्ट्रिट भेन्डर्सको समस्या यहाँले देख्नु हुन्छ । सबै जनाले त्यो भोगी रहेका पनि छौं ।

यस अर्थ पनि यो भनेको चाहीँ महानगरपालिकाको मात्रै भुमिका कदापि होइन । यो केन्द्रिय सरकारले विशेष महत्वका साथ हेर्नुपर्ने विषय पनि हो । र, नीति, नियम पनि सोही अनुसार बनाउनु पर्छ । र, आज यहीबाट पनि केन्द्रिय सरकारलाई पनि विशेष अनुरोध पनि गर्न चाहन्छु । यस विषयमा राज्यको हिसावले केन्द्र तहबाट नै नीति, नियम बनाइयोस् । जसले गर्दाखेरी महानगरपालिकामा मात्रै होइन, देशैभरका सहरमा पनि एकीकृत हिसावले कसरी व्यवस्थित बनाउने भन्ने मार्गदर्शन गर्न पनि आवश्यक छ । त्यसमा काठमाडौं महानगरपालिका सहयोग, सहकार्य गर्नका लागि सदैव तत्पर पनि छ । र, म आफैँले पनि अनौपचारिक भेटघाटहरु माननीयज्युहरुसँग, मन्त्रीज्युहरुसँग अनौपचारिक भेटघाट भइरहँदा पनि यो विषय उठाउँदै पनि आएका छौं । यो व्यवस्थापन गर्नका लागि एउटा सहर केन्द्रित भएर पुग्दैन यो । एउटा महानगर केन्द्रित भएर पुग्दैन । यसलाई केन्द्रिय रुपमा नै एउटा एकीकृत नीति बनाउनु पर्छ । जसले गर्दाखेरी देशैभरको समस्या समाधान हुन्छ । र, दिगो रुपमा पनि समस्याको समाधान हुन्छ । र, महानगरपालिकालाई मात्रै दवाव दिएर हुन्छ भन्ने कुरामा चाँही हामीले यो यथार्थ पनि हो कि दिगो समाधान यसले पक्कै पनि ल्याउँदैन ।

होइन भने यो समस्या धेरै अगाडिदेखि थियो नि । आज, हिजो मात्रै आएको समस्या होइन । यति धेरै समयदेखि आइरहेको समस्या र त्यो समस्यामा चाहीँ पहिले नै समाधानका लागि पहल भएन, गरिएन, किन ? भन्ने कुराहरु पनि छन् । र, यसलाई चाँही दिगो रुपमा समाधान गर्नका लागि केन्द्रिय सरकारको मुख्य भुमिका हुनैपर्छ । त्यसका लागि अनुरोध गर्न चाहन्छु । र, अर्को पाटो रह्यो–महानगरपालिकालाई यस विषयमा यहाँहरुको कुनैपनि सुझाव छ भने महानगरपालिकाको ढोका खुला छ । आउन सक्नुहुन्छ । बसेर छलफल गरौं । यहाँहरुको सुझाव दिउँ । दबाब भन्दा पनि सुझावको आवश्यकता छ अहिले ।’

उपमेयर डंगोलले संघीय सरकारले आवश्यक नीति, कार्यक्रम बनाएर देशभरकै सडक व्यापारीहरुको समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।