९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

नेपालमा संस्कृति नीति बनाउन जरुरी भयो: वर्षमान पुन

नेपालमा संस्कृति नीति बनाउन जरुरी भयो: वर्षमान पुन
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले नेपालमा संस्कृति नीति बनाउन जरुरी देखिएको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा संस्कृति नीति नभएका कारण विभिन्न धार्मिक र सांस्कृतिक विद्वेष फैलिरहेको उल्लेख गर्नुभयो । उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई संस्कृति नीति बनाउन समितिले निर्देशन दिनुपर्ने बताउनु भयो । उहाँले धरानका जस्ता घटनाहरु नेपालमा बढीरहेको भन्दै प्रश्न उठिसकेपछि सरकारले सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सनातन धर्मका बारेमा एकले एकथोक र अर्कोले अर्कोथोक भनिरहेको छ । त्यसलाई कसरी प्रयोग गर्छौं त । यो खालको कुरा नीति नभएको देखिन्छ, नेपाल सरकारको । एउटा निर्देशन जरुरी छ । धर्मनिरपेक्षतामा कस्तो नीति हुन्छ भन्नेकुरामा जोड दिनुपर्छ । धरानजस्ता घटना बढेर गएका छन् ।’

‘एउटा मन्दिर बनायो, धर्म मान्नेका लागि आस्थाको केन्द्र भयो, नमान्नेका लागि सांस्कृतिक सम्पदा हुँदो रहेछ । सांस्कृतिक सम्पदाको नीति के हुन्छ ? धार्मिक केन्द्रमाथिको नीति के हुन्छ ? प्रश्न उठेपछि राज्यले सम्बोधन गर्नुपर्छ । अलिखित मान्यता थियो तर अब समयको मागले लिखित माग गर्दै गइएको छ । आज नयाँ ढंगले व्यवस्थित गर्नुपर्छ । त्यसैले हामीलाई संस्कृति नीति जरुरी देखिन्छ । नीति बनाउन निर्देशन दिनुपर्ने देखिन्छ । धर्म निरपेक्ष सम्बन्धी र यसलाई व्यवस्थित गर्न आवश्यक कानूनको परिमार्जन गर्न निश्चित मर्यादा बनाउनुस् भन्नुपर्ने हुन्छ ।’

सांसद पुनले धर्म निरपेक्ष सम्बन्धी नीति र यसलाई व्यवस्थित गर्न आवश्यक कानूनको परिमार्जन गर्न निश्चित मर्यादा बनाउनुपर्ने पनि बताउनु भयो ।