९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

हजारौं शिक्षकहरुले प्रदर्शन गरिरहँदा सरकारले सार्थक पहल नगर्नु विडम्बना हो– पदम गिरी

हजारौं शिक्षकहरुले प्रदर्शन गरिरहँदा सरकारले सार्थक पहल नगर्नु विडम्बना हो– पदम गिरी
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले शिक्षक आन्दोलनमा समर्थन जनाउँदै उनीहरुका माग यथाशिघ्र पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रमुख सचेतक गिरीले तत्काल वार्ताबाट समाधान गरी शिक्षकलाई विद्यालयमा फर्काउन सरकारलाई आग्रह गरेका छन् । सार्वजनिक शिक्षालाई गुणस्तरीय, प्रतिस्पर्धी र विश्व बजारमा बिकाउ बनाउन धेरै ठुलो सुधारको खाँचो रहेको बताउदै उनले सडक आन्दोलन गरिरहेका शिक्षकका मागमा सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

‘सम्बन्धित सबै पक्षसँग परामर्श गरी शिक्षा विधेयक आउनु पर्थ्यो तर त्यसो भएन । जसका कारण देशैभरीबाट हजारौं गुरुहरु अनेक दुखकष्ट सहेर काठमाडौं आई सडक आन्दोलन गरिरहनु भएको छ । जसका कारण लाखौँ विद्यार्थीहरुको पठन पाठन प्रभावित भएको छ । तसर्थ शिक्षकहरुको न्यायोचित मागहरु यथाशिघ्र पूरा गरी खुसी मनका साथ विद्यालय शिक्षकहरु कार्यस्थलमा फर्कने वातावरण बनाउन सरकारसँग माग गर्दछु।’, उनले भनेका छन् ।

गिरीले हजारौं शिक्षकहरु काठमाडौंमा धर्ना दिँदै प्रदर्शन गरिरहँदा सरकारले सार्थक पहल नगरेको आरोप लगाएका छन् । उनले भने,’ ४ दिन सम्म हजारौं शिक्षकहरु काठमाडौका सडकमा धर्ना दिँदै प्रदर्शन गरिरहँदा सरकारले सार्थक पहल नगर्नु विडम्बना हो । तुरुन्त वार्ता मार्फत समाधान दिन आग्रह गर्द्छु ।’