२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूलीहरुबाटै कानुनको उल्लंघन बढ्दै



अ+ अ-

मूलीहरुबाटै कानुनको उल्लंघन बढ्दै जानु अराजकतालाई निम्ता दिनु हो ! देशमा मूलीहरुबाट कानुनको उल्लंघन गर्ने प्रवृत्ति असाध्यै बढेको छ ।

कानुन बमोजिम नक्सा पास गराएर मात्र भवनको निर्माण गर्नु सबैको कर्तव्य हो । यस सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७, २८ र ४२ समेतले स्पस्ट व्यवस्था गरेको नै छ ।

नक्सा पास नगरी नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित भवन बनाइको हो भने र त्यही अवस्थामा देशको प्रधानमन्त्रीबाट उद्घाटन समेत भएको हो भने यो अराजकताको अर्को एक खतरनाक उदाहरण हो ।

दर्जनौंको संख्यामा रहेका आसेपासेले के हेर्दा हुन् ? हुन त संविधानकै कतिपय व्यवस्थाको उल्लंघन समेत मूलीहरुबाट भएका अनेकौं उदाहरण देखिएकै हो ।

उदाहरणका लागि संविधानको बारम्बार उल्लंघन हुने धारा २८४ को उपधारा ३ पनि हो । प्रधान न्यायाधीश र संवैधानिक निकायका पदाधिकारीहरुको सिफारिशसँग सम्बन्धित यस धाराको औचित्य प्रति नै प्रश्न उठ्ने गरेकोछ ।

त्यसो त सरकार गठन सम्बन्धी धाराहरुको पनि बारम्बार उल्लंघन भएर अदालतबाट सच्याइएका अनेकौं उदाहरण छँदैछन् जस्तै संघीष संसदको दुई दुई पटक विघटन र हालै कोशी प्रदेशका दुइटा केश ।

त्यस्तै मूलीहरुबाट बारम्बार उल्लंघन हुने कानुनी व्यवस्था हो जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३० । यो प्रावधान विपरीत बडेहरुलाई विदेशमा गई गरेको उपचारको खर्च दिने गरी मन्त्रिपरिषदले गर्ने गरेका निर्णयहरु पनि कानुन उल्लंघनका डरलाग्दा उदाहरण हुन् ।

निजामती सेवा ऐनको उल्लंघन त अव गणनामा आउनै छाड्यो । यस्तो प्रवृत्ति बढ्दै जानु देशलाई अराजकताको भुमरीमा फसाउनु हो ।

यस्ता विषयमा संसदको सम्बन्धित समितिले अनुगमन र छानविन गरी सच्याउनु उचित हुन्थ्यो । तर २०७४ पछिका संसदीय समितिहरु अत्यन्तै कमजोर देखिए । अव सुधार भए हुन्थ्यो भन्ने आशासम्म गर्नै पर्दो रहेछ।