१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

ढाका कुमारप्रति रास्वपाको आरोप: कलुषित मनसायको अभिव्यक्ति

कहिले कोर टिम को खुलासा गर्छु भन्ने, कहिले पार्टीमा कुनै कोर टिम नभएको भन्ने ?

ढाका कुमारप्रति रास्वपाको आरोप:  कलुषित मनसायको अभिव्यक्ति
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्व सांसद ढाका कुमार श्रेष्ठले पार्टीको छविमा आँच पुर्‍याउने कलुषित मनसाय साथ बिभिन्न आरोप लगाएको जनाएको छ ।

आज एक विज्ञप्ती जारी गर्दे रास्वपाले बिना आधार, बिना प्रमाण पार्टीको छविमा आँच पुर्‍याउने कलुषित मनसायले आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा भ्रम फैलाएको आरोप लगाएको छ ।

व्यवसायी दुर्गा प्रसाईसँगको अडियो सम्वाद सार्वजनिक भएपनि कारबाहीमा पर्नुभएका श्रेष्ठले पछिल्ला केही दिन यता बिभिन्न संञ्चारमाध्याममा आफूलाई पार्टीले अन्याय गरेको र अन्य सासंसदहरुले पनि आर्थिक चलखेल गरेको आरोप लगाउनु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्ट्राचारप्रति शुन्य सहनशीलताको नीति अनुसरण गर्ने जनाउदै यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा. श्रेष्ठ वा जोकोही आए ७२ घण्टाभित्र कारवाही गरिने जनाएको छ ।

विज्ञप्तीको पूर्णपाठ

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित हुनुभएका डा.ढाका कुमार श्रेष्ठले पार्टी र पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर ती सदस्यले उहाँलाई मन्त्री बनाउन ३ करोड रुपैयाँ माग गरेका थिए भनी विभिन्न सञ्चारमाध्यमहरुमा सार्वजनिक अभिव्यक्ति दिनुभएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा हालसम्म भएका घटना विवरणहरु सम्बन्धित सबैको सूचनाका लागि निम्नानुसार उल्लेख गरिएको छ :

१) डा. ढाका कुमार श्रेष्ठले एक मेडिकल व्यवसायीसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भए पश्चात् तत्कालीन केन्द्रीय अनुशासन तथा आचरण समिति (हाल केन्द्रीय अनुशासन आयोग) ले उक्त टेप प्रकरण सम्बन्धमा उहाँलाई बोलाएर लिखित तथा मौखिक सोधपुछ गरी, स्पष्टीकरण सोधी अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा उहाँले अनुशासन समितिका सदस्यहरुसँग आफूलाई पार्टीले साथ नदिए आफूलाई मन लागेका पार्टीका सदस्यलाई पोेल्दिन्छु भन्नुका साथै बाहिरिएको अडियोमा भएको आवाज आफ्नो हो/होइन भनी परीक्षण गर्न इन्कारी समेत गर्नुभयो । यस विवरणको अडियो रेकर्ड पार्टीसँग हाल पनि सुरक्षित छ । तत् पश्चात् अनुशासन समितिले केन्द्रीय समितिलाई डा।श्रेष्ठ उपर कारवाहीको लागि सिफारिस गरेको थियो ।

२) केन्द्रीय समितिको बैठकमा केन्द्रीय अनुशासन समितिले पेश गरेको सिफारिससहितको प्रतिवेदन अध्ययन गरी पार्टीको विधान बमोजिम केन्द्रीय समितिको बैठकमा बोलाइ डा.श्रेष्ठलाई स्पष्टिकरणकोे मौका दिइएको थियो । स्पष्टीकरण दिने क्रममा उहाँले पार्टीले मलाई जोगाइदिनु पर्‍यो, नत्र पार्टीको जोकोहीको नाम पोल्दिन्छु, पार्टीलाई सक्काई दिन्छु भनेर केन्द्रीय समितिलाई धम्काउनुभयो । यसरी पार्टीलाई धम्क्याएको अडियो र भिडियो पार्टीसँग सुरक्षित रहेको व्यहोरा सूचित गरिन्छ । डा। श्रेष्ठलाई केन्द्रीय समितिमा “तपाईंसँग पार्टीबाट कसैले पैसा मागेको हो” भनी सोध्दा इन्कार गर्नुभएको थियो भने मेडिकल व्यवसायीसँग उहाँले संवाद गरेको कुरा चाहिं स्वीकार गर्नुभएको थियो । पार्टीमा कोर टिम को हो भनेर सोध्दा उहाँले त्यस्तो कोही छैन भन्नुभएको थियो ।

३) केन्द्रीय समितिले केन्द्रीय अनुशासन समितिले पेश गरेको सिफारिससहितको अनुसन्धान प्रतिवेदन तथा डा।श्रेष्ठको स्पष्टीकरण पश्चात् सदस्यता खारेज गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । तत् पश्चात् पार्टी विधान बमोजिम उहाँलाई आफूमाथि भएको कारवाही विरुद्ध पुनरावेदन समितिमा पुनरावेदन गर्ने मौका दिइएको थियो । डा.श्रेष्ठले पुनरावेदन गर्ने क्रममा “उक्त अडियो संवाद मलाई फसाउने नियतले मेरो राजनीतिक भविष्य समाप्त गर्न तयार गरिएको हो, उक्त अडियो संवाद  गरिएको छ । मैले उक्त संवादमा भएका व्यक्तिलाई राम्ररी चिनेको समेत छैन । गैर व्यक्तिलाई स्वास्थ्य मन्त्री बन्न पैसा माग्ने कुरा पनि आउँदैन, उक्त अडियोे संवाद गलत र झुठो हो” भन्ने जिकिर गर्नुुभएबाहेक उक्त अडियो उहाँको होइन भन्ने कुनै ठोस प्रमाण पेश गर्न सक्नुभएन । नत कोर टिममा को–को छन् भन्ने नै खुलाउनुभएको थियो ।

४) पार्टी विधान बमोजिम उहाँलाई पार्टीबाट निष्कासन गर्ने निर्णय भए पश्चात् पार्टीले गरेको कारवाही विरुद्ध उहाँले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिटमा पनि पार्टीले अन्याय गर्‍यो, उक्त अडियो आफ्नो नभएको भन्ने बाहेक कसले पैसा माग्यो भनी कहीं कतै उल्लेख गर्नुभएको छैन ।

५) सञ्चारमाध्यमहरुमा मेडिकल व्यवसायीसँगको अडियो बाहिरिएपछि डा. श्रेष्ठले कहिले उक्त अडियो आफ्नो नभएको भन्ने, त कहिले त्यो पुसको अडियो अहिले किन सार्वजनिक भयो र? भन्ने, कहिले कोर टिम को खुलासा गर्छु भन्ने, कहिले पार्टीमा कुनै कोर टिम नभएको भन्ने, त कहिले पार्टीका फरकफरक केन्द्रीय समिति सदस्यहरुलाई पोलिरहने जस्ता एकआपसमा परस्पर विरोधी अभिव्यक्तिहरु दिइरहनुभयो ।

उल्लिखित पृष्ठभूमिमा बिना आधार, बिना प्रमाण पार्टीको छविमा आँच पुर्‍याउने कलुषित मनसायले आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न सम्बन्धित सबैलाई अनुरोध गरिन्छ ।

तथापि राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्ट्राचारप्रति शुन्य सहनशीलताको नीति अनुसरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा।श्रेष्ठ वा जोकोही आउनुभएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेश भएको ७२ घण्टाभित्र कारवाही गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।

साथै पार्टीप्रतिको जनविश्वास, आस्था र भरोसामा चोट पुर्‍याउने कुत्सित प्रयत्न कसैबाट नहोस् भनी सचेत समेत गराउन चाहन्छौं ।