६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा बाधक बन्ने कोलम्बोमा एशिया कप किन ? श्रीलंकाले भन्यो – यो एसीसीको निर्णय



file
अ+ अ-

एजेन्सी । एसिया कपमा आइतबार भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण एकपटक पनि हुन सकेन । आइतबार सुरु भएको खेल आज रिजर्भ डेमा खेलाइँदैछ । ३ः१५ बजे सुरु हुनुपर्ने खेल यो समाचार लेख्दासम्म सुरु हुन सकेको छैन ।

भारतले २४ दशमलव १ ओभर ब्याटिङ गरेको छ । रिजर्भ डेमा खेल यहाँबाट फेरि खेलिनेछ । आजपछि सेप्टेम्बर १२ (भोलि) मा भारत र श्रीलंकाबीचको खेल हुनेछ । अर्थात् भारतले लगातार ३ दिन क्रिकेट खेल्नुपर्नेछ ।

एसिया कपमा भारतले अहिलेसम्म तीन खेल खेलेको छ भने तीनवटै खेल वर्षाका कारण रोकिएको छ । यी तीनवटै खेल श्रीलंकामा भएका थिए । श्रीलंकामा वर्षाको बीचमा भइरहेको एसिया कपले एसियाली क्रिकेट काउन्सिल (एसीसी)को व्यवस्थापनमाथि प्रश्न उठाएको छ ।

ठूलो प्रश्न यो छ कि यदि सेप्टेम्बरको दोस्रो सातापछि श्रीलंकामा धेरै पानी पर्ने कुरा पहिल्यै थाहा थियो भने एसिया कप त्यहाँ किन आयोजना गरिँदैछ ? यसैबीच श्रीलंका क्रिकेट बोर्डका एक अधिकारीले श्रीलंकाले एसिया कप श्रीलंकामा आयोजना गर्ने निर्णय नगरेको प्रस्ट पार्दै यो निर्णय एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले गरेको र एसीसी नै जिम्मेवार हुनुपर्ने बताएका छन् ।

वास्तवमा एसिया कपको आयोजक पाकिस्तानले पाएको थियो । प्रतियोगिताका सबै १३ खेल पाकिस्तानमा हुने तय भए पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले टोलीलाई पाकिस्तान पठाउन अस्वीकार गरेको थियो । त्यसपछि एसीसी प्रमुख जय शाहले पीसीबीसँग बैठक गरी प्रतियोगिताका ४ खेल पाकिस्तानमा र ९ खेल श्रीलंकामा गर्ने निर्णय गरेका थिए ।