१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार

प्रधानमन्त्रीसँग भुटानी शरणार्थीको अधिकार रक्षाका लागि आग्रह

प्रधानमन्त्रीसँग भुटानी शरणार्थीको अधिकार रक्षाका लागि आग्रह
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भुटानबाट लखेटिएका नेपाली भाषी र पितृभूमि नेपालमा शरणार्थी बनाइएकाको समस्याको मानवीय समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरिएको छ ।

भुटानमा जन्मिएका नेपाली मूलका अमेरिकी युवा व्यवसायीको सम्मिलित संस्था इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले प्रधानमन्त्री दाहाललाई आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर भुटानी शरणार्थीको समस्याको समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

सो फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको संयोजकत्वमा गएको समूहले भुटान फर्किन चाहने, नेपालमा बस्न चाहने वा तेस्रो देशमा पुनर्वासमा जान चाहने शरणार्थीको मानवअधिकारको रक्षा गरी उहाँहरुको चाहनाबमोजिमको व्यवस्थापन गर्न नेपाल सरकारसँग अनुरोध गरेको हो ।

सो ज्ञापनपत्रमा भनिएको छ, “भाषा रहे संस्कृति रहन्छ, संस्कृति रहे पहिचान रहन्छ र पहिचान रहे जातिको परिचय रहन्छ भन्ने मान्यता बोक्ने पितृभूमि नेपाल भएका र नेपालको सरकारसँग सम्झौता गरी भुटानमा गई बसोबास गर्दै आएका पितृभूमि नेपाल भएका नेपाली भाषी समुदायलाई नेपाली भाषा, संस्कार र संस्कृति अङ्गालेकै कारण भुटान सरकारले निर्मम दमन र सर्वस्वहरण गरी भुटानबाट लखेटेको र अझै नेपालमा आठ हजार शरणार्थी रोग र अभावबाट ग्रसित भई जेलसरहको कठोर जीवन बिताइरहेका छन् ।”

अमानवीय तरिकाले ट्रकमा मेची नदीको पुलमा ल्याएर छोडिएका विस्थापित झण्डै ३४ वर्षदेखि शरणार्थीका रुपमा नेपाल सरकारलगायत कुनै पनि दातृ निकायको उचित र आवश्यक सहयोगबिना नै जीवन मरणको दोसाँधमा रहेकाले उनीहरुको उचित व्यवस्थापनको माग सो ज्ञापनपत्रमा गरिएको छ ।

यसरी लाखौँ शरणार्थीमध्ये अधिकांश तेस्रो देशमा पुनर्वास भएका र प्राविधिक कारणले यसरी जान नसकेका र नचाहेका एवं जबर्जस्ती आफ्नै पितृथलोमा अनागरिक बन्न बाध्य बनाइएकाको समस्या झन बढ्दै गएकाले उनीहरुको यो अवस्थाप्रति छिट्टै ध्यान दिन सो ज्ञापनपत्रमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइएको हो ।

तेस्रो मुलुकमा पुन:स्थापनामा जाने प्रक्रियामा रहेका र केही भुटान नै फर्किन वा नेपालमा नै बसोबास गर्न चाहेका शरणार्थीको समस्या समाधानका लागि नेपाल सरकारले कार्यदल बनाएकामा सो कार्यदलको प्रतिवेदनका आधारमा समस्या समाधान गर्ने कुरामा नेपाल सरकारले ध्यान दिनुपर्ने सो ज्ञापनपत्रमा जनाइएको छ ।

वास्तविक नेपाली भाषी भुटानी शरणार्थीको यो अवस्था रहेको तर नक्कली भुटानी खडा गरी पहुँचको आधारमा वास्तविक शरणार्थीलाई ओझेलमा पार्ने गरी प्रयास भएको भन्दै सो ज्ञापनपत्रमा समस्या समाधानका लागि आग्रह गरिएको छ ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले उक्त फाउन्डेसनले संसारभरका नेपालीलाई सांस्कृतिक एकताको सूत्रमा जोड्न गरेको योगदानको प्रशंसा गर्नुभएको थियो ।

सो फाउन्डेसनको आयोजनामा हालै नेपालमा सर्वाधिक पुरस्कार राशिका ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिता सम्पन्न भएका छन् । त्यस अवसरमा प्रधानमन्त्रीसँग फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीसहितको समूहले संसारभर रहेका नेपाली भाषी नागरिकलाई नेपाली राष्ट्रिय परिचयपत्र प्रदान गर्न आग्रह गरेको थियो । रासस