२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदलाई सबैको साझा थलोको रुपमा विकास गर्न समिति सभापति बाँडियो: रमेश लेखक



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदलाई साझा थलोको रुपमा विकास गर्न समिति सभापतिहरुको भागबण्डा गरिएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक लेखकले संसदलाई सबैको साझा थलोको रुपमा विकास गर्न सकियोस् भन्नका लागि समिति सभापतिको बाँडफाँट गरिएको बताउनुभएको हो ।

उहाँले यसबाट आफूहरुले ऐतिहासिक अभ्यास प्रारम्भ गरेको पनि बताउनु भयो । उहाँले यस प्रक्रियामा रास्वपालाई पनि समावेश गराउन चाहेको भएपनि सम्भव नभएको भन्दै उहाँले आगामी दिनमा रास्वपालाई पनि सहमतिमा लिएर जाने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संसदभित्रका अभ्यासहरुलाई संसद सबैको थलो हो भन्ने रुपमा विकास गर्नुपर्छ भन्ने मान्यता अन्तर्गत हामीले समितिको बाँडफाँट गरेको हो । यसमा अहिलेको सरकार, गठबन्धन र गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले पहल र प्रयत्न गरेको हो । ऐतिहासिक अभ्यास प्रारम्भ गरेका छौँ । संसदमा सबैको साझा थलोको रुपमा विकास गर्न सकियोस् । यसको अभ्यासहरुलाई त्यो ढंगले अगाडी बढाउन सकियोस् । भनेर हामीले त प्रमुख दलहरु सबै सत्तापक्ष अथवा गठबन्धनमा भएका र प्रतिपक्षमा दिने हामीले प्रयत्न गरेका थियौँ तथापी रास्वपा समावेश हुन सकेको छैन । उहाँहरुलाई पनि संसदीय अभ्यासमा सहमतिमा लिँदै जाने कुरा गर्नुपर्ला ।’

उहाँले संसदमा रहेका विधेयकहरुलाई चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने पनि बताउनु भयो ।