२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा बाधक बनेपछि नेपाल र थाइल्यान्डबीचको खेल रद्द



अ+ अ-

काठमाडौँ । नेपाल र थाइल्यान्डको महिला टोलीबीच आज भएको टी–ट्वान्टी अभ्यास खेल वर्षा बाधक बनेपछि रद्द भएको छ ।

मलेसियाको बायोमास रङ्गशालामा टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले नेपाललाई जितका लागि एक सय २८ रनको लक्ष्य दिएको थियो । थाइल्यान्डका लागि कप्तान नथाकन चान्थमले सर्वाधिक ७८ रनको अविजित इनिङ खेलेकी थिइन् ।

नेपालकी कविता कुँवरले २ विकेट लिएकी थिइन् भने पूजा महता, खुसी डङ्गोल, इन्दु बर्माले समान एक÷एक विकेट झारेका थिए । उक्त विजयी लक्ष्य पछ्याएको नेपालले तीन बल खेल्दा वर्षा बाधक बनेपछि खेल रोकिएको थियो । सीता रानामगर शून्यमा रन आउट भएकी थिइन् ।

नेपाल र थाइल्यान्डले आइसीसी महिला विश्वकप टी–ट्वान्टी एसिया क्षेत्र छनोट अघि खेलको उक्त अभ्यास खेल खेलेको हो । एसिया छनोट खेल यही भदौ १४ देखि २३ गतेसम्म मलेसियामा हुँदैछ ।

एसिया छनोटमा विभिन्न ११ राष्ट्रको सहभागिता रहनेछ । नेपालको समूह ए मा परेको छ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । त्यस्तै समूह बीमा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् ।

प्रतियोगितामा फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी–ट्वान्टी विश्वकप छनोट खेल्न पाउने छन् । नेपालले आफ्नो उद्घाटन खेल ३१ अगस्टमा मलेसियासँग खल्नेछ ।