२५ जेष्ठ २०८३, सोमबार
,
Latest
रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिल्लारियल र बार्सिलोनाको खेलमा गोलको वर्षा, कसले जित्यो खेल ?



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत भिल्लारियल र बार्सिलोनाबीचको खेलमा गोलको वर्षा भएको छ ।

गएराति भएको खेलमा दुवै टिमबाट ७ गोलको रोमाञ्चक खेल भएको थियो । जसमा बार्सिलोना ४–३ गोलले विजयी बन्यो । भिल्लारियलको मैदान एल मड्रिगलमा भएको खेलमा पहिलो हाफमा ४ गोल भएको थियो । खेलको १२ औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।

यस्तै, १५औं मिनेटमा फ्रेंकी डि योंगले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । २६ औं मिनेटमा युआन फोइथले गोल गर्दै भिल्लारियललाई १–२ को स्थितीमा ल्याए । ४० औं मिनेटमा अलेक्जान्डर सोर्लोथले गोल गर्दै भिल्लारियललाई २–२ को बराबरीमा ल्याए ।

५० औं मिनेटमा एलेक्स बाइनाले गोल गर्दै भिल्लारियललाई ३–२ को स्थितीमा लगे । यता, ६८ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई ३–३ को बराबरीमा ल्याए । ७१ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दा बार्सिलोना ४–३ गोलले अघि बढ्यो ।

त्यसपछि थप गोल हुन सकेन र बार्सिलोना विजयी बन्यो । यो नतिजासँगै बार्सिलोना ३ खेलबाट ७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । भिल्लारियल ३ अंकका साथ १३ औं स्थानमा छ ।