२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा सिटीले शेफिल्ड युनाइटेडलाई २–१ गोलले पराजित गरेको हो ।

सिटीको जितमा एर्लिङ हालाण्ड र रोड्रीले एक–एक गोल गरे । शेफिल्डका जेडन बोग्लेले एक गोल फर्काए । खेलको ३७ औं मिनेटमा सिटीले अग्रता बनाउने अवसर गुमाएको थियो ।

हालाण्ड पेनाल्टीमा गोल गर्न चुके । तर, ६३ औं मिनेटमा गोल गर्दै उनले पेनाल्टीमा खेर फालेको अवसर पूर्ति गरे । ज्याक ग्रिलिसले उपलब्ध गराएको क्रसलाई उनले हेडरमार्फत गोल गरेका हुन् ।

८५ औं मिनेटमा जेडनले गोेल गर्दै शेफिल्डलाई १–१ को बराबरीमा ल्याएका थिए । तर, ८८ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए ।

जितसँगै लगातार तिन खेलमा जित निकालेको सिटी ९ अंकका साथ शीर्षस्थानमा रहेको छ । शेफिल्ड ३ खेलबाट अंकविहिन रहँदै १७ औं स्थानमा छ ।




भर्खरै