७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

मुलुकको सुशासन र समृद्धिका लागि राष्ट्रिय सहमतिमा जोड दिएको छु: प्रधानमन्त्री दाहाल

मुलुकको सुशासन र समृद्धिका लागि राष्ट्रिय सहमतिमा जोड दिएको छु: प्रधानमन्त्री दाहाल
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन आफूले सदैव राष्ट्रिय सहमतिमा जोड दिएको बताउनुभएको छ ।

मुलुकलाई स्थिरता, स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा लैजानुको विकल्प नरहेको उल्लेख गर्दै उहाँले त्यसका लागि राष्ट्रिय सहमति बनाएर अघि बढने प्रयास आफूले गरिरहेको बताउनु भयो ।

आईतवार ललितपुरको भैंसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले पनि आफ्नो क्षेत्रमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि बढाउने विश्वास समेत व्यक्त गर्नुभयो । ललिता निवास प्रकरणको सबै अभियोजन सरकारी वकीलको कार्यालयमा बुझाएको स्मरण गर्दै उहाँले आजको दिनलाई आफूले सुशासनको पक्षमा एक कदम अगाडि बढेको दिनको रुपमा लिएको पनि बताउनु भयो । त्यस अवसरमा प्रधानमन्त्री दाहालले सो भवनले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको चित्र प्रश्तुत गरेको भन्दै त्यसमा सबैले गर्वको महशुस गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रदेशहरु र स्थानीय जनप्रतिनिधिहरुले पनि आ–आफ्नो कार्यक्षेत्र भित्र सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रालाई अगाडि बढाउने छन भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु । यो पटक हामीलाई स्थिरता, स्थायित्वको साथै समृद्धिको र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प हामी नेपालीहरुको अगाडि छैन । मैले यो पक्षमा एउटा समझदारी बनाएर, राष्ट्रिय सहमति बनाएर अगाडि जाने प्रयास गर्दै आएको छु । आजको दिन, कस्तो दिन पनि परेको महशुस गरे भने ललिता निवास प्रकरणको सबै अभियोजन आज सरकारी वकील कार्यालयमा बुझाएको दिन परेको छ ।

सुशासनको पक्षमा हामी एक कदम अगाडि बढने दिन पनि भन्न सकिन्छ । र, अन्य कुराहरु पनि त्यसरी अगाडि जानेछन् । र, हामी बिस्तारैबिस्तारै नेपाललाई एउटा समृद्ध, सुसंस्कृत र सिस्टममा चल्ने, विधिविधानमा चल्ने राष्ट्रको रुपमा विश्वसामु चिनाउनेछौं भनेर पनि म विश्वास गर्छु । यी भवनहरुमा विदेशी पाहुँना आउँदा, जनप्रतिनिधिहरु आउँदा कहीँ न कहीँ हाम्रो राज्य, हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रको चित्र पनि यी भवनहरु, यी भवनमा बस्ने प्रदेश प्रमुखहरुको अनुहारमा, कामबारवाहीमा, मुख्यमन्त्रीहरुको कामकारबाही र अनुहारहरुमा संघीय लोकतान्त्रिक गणतन्त्रको चित्र देख्नेछन् । सबैले गर्व महशुस गर्ने वातावरण बन्नेछ ।’

प्रधानमन्त्री दाहालले प्रदेशको कामकारवाहीलाई अझ बढी प्रभावकारी बनाउन पनि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । संघीयतामाथि प्रश्न उठाउनेहरुलाई पनि सो निवास निर्माणले बलियो जवाफ दिएको उल्लेख गर्दै उहाँले संघीयताको संस्थागत विकासमा पनि यसले योगदान पुर्‍याएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘यो हाम्रा प्रदेशहरुलाई प्रभावकारी बनाउने कुरासँग सम्बन्धित छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा बेला मौकामा केही मानिसहरुले प्रश्न उठाउने गर्छन् । त्यसको एउटा जवाफ जस्तो पनि लागेको छ मलाई आज । यो भवनहरुको उद्घाटन गर्दैगर्दा, साँचो हस्तान्तरण गर्दैगर्दा, प्रदेश प्रमुख जी र मुख्यमन्त्रीजीहरुलाई मैले एक कदम भएपनि संघीयको संस्थागत गर्ने क्रममा चाहीँ यो हामी अगाडि बढेका छौ भन्ने मैले महशुस गरेको छु । अब यहाँ रहेर प्रदेश प्रमुखजीहरुले पनि र मुख्यमन्त्रीजीहरुले पनि आफ्नो जिम्मेवारी र कार्यभारालाई अझ प्रभावकारी ढंगले, अझ सफलताका साथ सम्पन्न गर्नुहुनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु ।’

प्रधानमन्त्री दाहालले संघीय मन्त्रीहरुको निवासको कामले पनि केही महिनाभित्रै पूर्णता पाउने बताउनु भयो ।