२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुलहमसँग बराबरीमा रोकियो आर्सनल



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले बराबरी खेलेको छ । गएराति भएको खेलमा आर्सनलले फुलहमसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

इमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोली आर्सनलले सुरुवाती पहिलो मिनेटमै गोल खान पुग्यो । एन्ड्रिीयास पेरेइराले गोल गर्दै फुलहमलाई सुरुवाती अग्रता दिलाए । ७० औं मिनेटमा बुकायो साकाले पेनाल्टीमार्फत गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, सब्सीच्युट खेलाडी एड्डी केटियाहले ७२ औं मिनेटमा गेल गर्दै आर्सनललाई २–१ गोलको अग्रता दिलाए । तर, आर्सनलको अग्रता धेरैबेर टिक्न सकेन । ८७ औं मिनेटमा जोआओ पाल्हिन्हाले गोल गर्दै फुलहमलाई हारबाट जोगाए । कर्नरबाट आएको पासलाई उनले डाइरेक्ट प्रहार गर्दै गोल गरेका थिए ।

बराबरीको नतिजासँगै आर्सनल ३ खेलबाट ७ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । फुलहम समान खेलबाट ४ अंकका साथ ११ औं स्थानमा छ ।




भर्खरै