६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको ह्याट्रिकमा अल नासरको पहिलो जित



अ+ अ-

एजेन्सी । साउदी प्रो लिगमा अल नासरले पहिलो जित निकालेको छ । गएराति सम्पन्न खेलमा अल नासरले अल फतेहलाई ५–० गोलले पराजित गरेको हो ।

नासरलाई फराकिलो जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ३ तथा साडियो मानेले २ गोल गरे । रोनाल्डोले खेलको ३५, ५५ र ९०+६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् । उनको यो करिअरको ६३ औं ह्याट्रिक हो ।

यस्तै, मानेले २७ औं र ८१ औं मिनेटमा गोल गरे । जारी सिजनमा नासरको पहिलो जित हो । यसअघि उसले लगातार दुई खेलमा हार बेहोरेको थियो ।

नासर ३ खेलबाट ३ अंक जोड्दै तालिकाको १० औं स्थानमा रहँदा फतेह समान खेलबाट ४ अंकसहित आठौं स्थानमा छ ।