६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीको सहज जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले सहज जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले ल्युटन टाउनलाई ३–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन रहिम स्टर्लिङले दुई तथा निकोलस ज्याक्सनले एक गोल गरे ।

खेलको १७ औं मिनेटमा स्टर्लिङले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६८ औं मिनेटमा स्टर्लिङले नै गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । यस्तै, ७५ औं मिनेटमा ज्याक्सनले गोल थप्र्दै चेल्सीलाई ३–० को सहज जित दिलाए ।

जितसँगै चेल्सी ३ खेलबाट ४ अंकका साथ तालिकाको ८ औं स्थानमा छ । ल्युटन २ खेलबाट अंकविहिन रहँदै पुछारमा छ ।