२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी वेस्टहामसँग पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले हार बेहोरेको छ । गएराति सम्पन्न खेलमा चेल्सी वेस्टहाम युनाइटेडसँग १–३ गोलले स्तब्ध बनेको हो । आक्रामक रुपमा क्लबमा स्टार खेलाडीहरु भित्र्याएको चेल्सीले जित निकाल्न सकेन ।

घरेलु मैदान लण्डन स्टेडियममा वेस्टहामलाई जित दिलाउन खेलको ७ औं मिनेटमा नाएफ अगेर्ड, ५३ औं मिनेटमा मिसेल एन्टोनिओले र ९०+५ औं मिनेटमा लुकास पाक्वेटाले गोल गरे ।

चेल्सीका कार्नी चुकुएमेकाले २८ औं मिनेटमा गोल गरेका थिए । उनको गोल सान्तवना गोलमात्रै बन्यो । ६७ औं मिनेटमा नाएफ अग्वेर्ड रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वेस्टहाम १० खेलाडीमा समेटिएको थियो ।

२ खेलमा ४ अंक जोडेको वेस्टहाम तालिकाको छैटौं स्थानमा छ । चेल्सी भने समान खेलबाट १ अंकका साथ १५ औं स्थानमा छ ।