२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेभियालाई हराउँदै सिटीले जित्यो सुपर कपको उपाधि



अ+ अ-

एजेन्सी । युइएफए सुपर कपको उपाधि इंग्लिस क्लब म्यान्चेस्टर सिटीले जितेको छ । गएराति भएको फाइनल खेलमा स्पेनिस क्लब सेभियालाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो ।

ग्रीसको काराइस्काकीस स्टेडियममा भएको फाइनलमा सुरुवाती अग्रता भने सेभियाले लिएको थियो । उसका लागि खेलको २६ औं मिनेटमा युसेफ एन नेसीरीले गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ६३ औं मिनेटमा कोल पाल्मेरले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीसँर्ग खेलको विजेताको टुंगो पेनाल्टीबाट लाग्यो । पेनाल्टीमा सिटीका एर्लिङ हालाण्ड, युलियन अल्भारेज, माटीओ कोभाचिच, ज्याक ग्रिलिस र किले काल्करले गोल गरे ।

सेभियाका लुकास ओकाम्पोस, राफा मिर, इभान राकिटिच, गोन्जालो मोल्टेइलले गोल गर्दा नेमान्जा गुडेल्ज गोल गर्न चुके । सुपर कपमा च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताले प्रतिस्पर्धा गर्छन् ।

साथै सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले सिटीबाट १५ ट्रफि जित्न सफल भएका छन् । यसअघि उनले स्पेनिस क्लब बार्सिलोनाबाट १४ ट्रफि जितेका थिए । अर्कोतर्फ ग्वार्डिओला बार्सिलोना (२ पटक), बायर्न म्युनिख र म्यान्चेस्टर सिटी गरी तीन क्लबबाट सुप कप जित्ने प्रशिक्षक समेत बनेका छन् ।

योसँगै सिटी प्रिमियर लिग, एफए कप, च्याम्पियन्स लिग र सुपर कप गरी ४ वटा ट्रफि जित्न सफल रह्यो ।




भर्खरै