२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टर मियामी लिग्स कपको फाइनलमा



अ+ अ-

एजेन्सी । इन्टर मियामी लिग्स कपको फाइनलमा प्रवेश गरेको छ । नेपाली समयानुसार बुधबार बिहान सम्पन्न सेमिफाइनल खेलमा फिलाडेल्फिया युनियनलाई ४–१ गोलले पराजित गर्दै मियामीले फाइनलमा स्थान बनाएको हो ।

मियामीको जितमा जोसेफ मार्टिनेज, लियोनल मेसी, जोर्डी अल्बा र डेभिड रुइजले एक–एक गोल गरे । फिलाडेल्फियाका लागि अलेजान्ड्रो बेडोयाले एक गोल फर्काए ।

फिलाडेल्फिया युनियनले आफ्नो घरेलु पिचमा अन्तिम ४१ प्रतिस्पर्धामा एउटा मात्र खेल हारेको थियो । तर, फिलाडेल्फिया आज मियामीसँग आफ्नै मैदानमा लज्जास्पद हार बेहोरेको हो ।

खेलको तेस्रो मिनेटमा नै जोसेफ मार्टिनेजले गोल गर्दै मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए । २० औं मिनेटमा मेसीले गोल गर्दै मियामीको अग्रता दोब्बर पारे । उनले डी–बक्सभन्दा बाहिरबाट उत्कृष्ट गोल गरे ।

यस्तै, पहिलो हाफको इन्जुरी समयमा अल्बाले गोल गर्दै मियामीलाई ३–० ले अघि बढाए । ७३ औं मिनेटमा बेडोयाले गोल गर्दै फिलाडेल्फियालाई १–३ मा ल्याए । यता, ८४ औं मिनेटमा रुइजले गोल थप्दै मियामीलाई ४–१ को जित दिलाए ।

मियामीले अब उपाधिका लागि मोन्टरी र नासभिलेबीचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।