२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरियामा पानी जहाज कम्पनीमा खुल्यो रोजगारी



दक्षिण कोरिया (फाइल तस्वीर)
अ+ अ-

काठमाडौं: दक्षिण कोरियामा पानी जहाज कम्पनी क्षेत्र (सिप बिल्डिङ) मा कामदार आवश्यक रहेको भन्दै नेपालस्थित रोजगार अनुमति प्रणाली (इपिएस) ले भाषा परीक्षाको आवेदन माग गरेको छ ।

इपिएसले आज एक सूचना प्रकाशन गरी दक्षिण कोरियाको मानव स्रोत विकास सेवाले सञ्चालन गर्ने यस्तो परीक्षामा सामेल हुन चाहने नेपालीलाई अनलाइन आवेदन मार्फत फारम भर्न अनुरोध गरेको छ । इपिएसले भाषा परीक्षा र सीप परीक्षणको परीक्षा लिनेछ ।

इपिएसका अनुसार, यही साउन २० गते शनिबारदेखि २४ गते बुधबारसम्म आवेदनको मिति तोकिएको छ ।

इपिएसले परीक्षा शुल्क अमेरिक डलर २८ लाग्ने जनाएको छ ।

आवेदकको योग्यता
क. नेपाली नागरिक
ख. उमेर १८ बर्ष पूरा भई ३९ बर्ष ननाघेको ।
ग. फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको ।
घ. गणतन्त्र कोरियामा गई गैर कानुनी रुपमा बसोबास नगरेको ।
ङ. नेपालबाट अन्य मुलुकमा जान रोक नलगाईएको ।
च. कोरियामा ई–९ र ई–९–१ भिषामा पाँच वर्षभन्दा कम अवधि बसेको ।
छ. कलर ब्लाइन्डनेस, कलर विकनेस र डिस्क एवं फिंगर एम्पुटेसन नभएको ।