२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टिमको घोषणा



फाईल फोटो
अ+ अ-

काठमाडौं । १९औं एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि टिमबाट बाहिर रहेका विनोद भण्डारी, अभिनाश बोहोरा र विवेककुमार यादवलाई टिममा समावेश गर्दै १५ सदस्यीय टोली घोषणा गरेको हो ।

विनोद, अभिनाश र विवेक टिममा समावेश हुँदा हाल टिममा रहेका ज्ञानेन्द्र मल्ल, अर्जुन साउद, भीम सार्की, देव खनाल, पवन सर्राफ, किशोर महतो, श्याम ढकाल, आरिफ शेख र सूर्य तामाङले भने एसियाली खेलकुदको टिममा स्थान बनाएका छैनन् ।

१९औं एसियाली खेलकुद चीनको ह्वाङ्झाओमा आगामी असोज ६ देखि २१ सम्म हुनेछ । जसमा नेपालले २९ खेलमा सहभागिता जनाउनेछ । सुरुवातमा २३ खेलमा मात्र सहभागिताको योजना बनाएको राष्ट्रिय खेलकुद परिषद्‌ले अन्तिम समयमा बाँकी ६ खेल समावेश गरेको थियो ।

नेपाली टोलीः
रोहितकुमार पौडेल,(कप्तान), कुशल भूर्तेल, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करण केसी, अभिनास बोहोरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, आसिफ शेख, विवेक कुमार यादव, प्रतिस जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी