२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी इमर्जिङ कपको फाइनल आज, उपाधिका लागि भारत र पाकिस्तान भिड्दै



अ+ अ-

काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिका लागि भारत ए र पाकिस्तान ए बीच प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेल नेपाली समयानुसार दिउँसो सवा दुई बजे आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ । भारत र पाकिस्तानबीचको हरेक खेलहरु प्रतिष्ठाका लागि पनि लडाई हुने भएकाले आजको फाइनल खेल रोमाञ्चक हुनेछ ।

सेमिफाइनलमा भारत ए ले बंगलादेश ए लाई तथा पाकिस्तान ए ले श्रींलंका ए लाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

समूह ए र बी गरी दुई समूहमा विभाजन गरिएको यस प्रतियोगितामा श्रींलंका, बंगलादेश, अफगानिस्तान, ओमान, भारत, पाकिस्तान, नेपाल, यूएईले सहभागिता जनाएका थिए । नेपालले यस प्रतियोगिता खेल्न राष्ट्रिय टोली नै पठाएको थियो भने अन्य टोलीले ए टिम पठाएका थिए ।